बाम–लोकतान्त्रिक गठबन्धनको बरंजामा घरदैलो अभियान

स्थिरता, शुसासन, सन्तुलित विकास, सामाजिक न्याय र सम्बृद्धीको नारा

बेनी । म्याग्दीमा बाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवारले चुनावी घरदैलो अभियानलाई तिव्रता दिएका छन् । आइतबार मंंगला गाउँपालिका– ३ ,र ४ , बरंजामा निर्वाचन सम्बन्धी बैठक, वडा समितिको परिचालन र घरदैलो अभियान गरिएको छ।

प्रतिनिधिसभा सदस्यका उम्मेदवार नेपाली कांग्रेस म्याग्दीका सभापति खम बहादुर गर्बुजा ‘खम्बिर’, प्रदेशसभा क्षेत्र नं ‘ख’ का उम्मेदवार सुविन जुग्जालीले रोजगारी सिर्जना, विकासमूलक योजना र जिल्लाको समृद्धिका लागि गठबन्धनका उम्मेदवारले जित्नुपर्ने बताउनुभएको थियो । ’यसपटक हामीलाई पाँचबर्ष काम गर्ने अवसर दिनुहोस्,‘मतदाताका हरेक प्राथमिकतालाई हामीले योजना बनाएर काम गर्नेछौ’ प्रतिनिधिसभाका उम्मेदवार गर्बुजाले भन्नुभयो ।

उहाँले म्याग्दीमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र सहितका पाँचदलीय गठबन्धनको सहकार्य लामो समयसम्म जाने बताउनुभयो। जिल्लामा भित्रिने प्रदेश र संघीय तथा निर्वाचन क्षेत्रको बजेटलाई सामानुपातिक वितरण, स्थानीय तह जोड्ने कालोपत्रे सहितको सडक सञ्जाल, शिक्षा, स्वास्थ्य, रोजगारी, स्वरोजगारमुलक कार्यक्रमहरुका साथै सम्पूर्ण भौतिक विकास र समृद्धिलाई एजेण्डालाई गटबन्धनले काम गर्ने प्रदेशसभा ’ख‘ का उम्मेदवार जुग्जालीले बताउनुभयो ।

सोही अवसरमा नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि श्रीप्रसाद रोका, नेकपा माओवादी केन्द्रका नेता टेकबहादुर विश्वकर्मा, स्थानीय अगुवा नेताहरुले विकासका लागि गठबन्धनका साझा उम्मेदवारलाई विजय बनाउने अभियानमा घरघरबाट लाग्नुपर्ने बताउनुभएको थियो । यसैबीच गठबन्धनका नेताले प्रदेशका विभिन्न बस्तीमा समेत घरदैलो अभियान सञ्चालन गरेका छन् । प्रदेशसभा क्षेत्र नं क उम्मेदवार हरि भण्डारी सहितको टोलीले भेटघाट तथा घरदैलो अभियानलाई तिब्रता दिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार