विकास र परिवर्तनका निम्ति गठबन्धनका उम्मेदवार विजयी हुनुपर्छ: गर्बुजा

  म्याग्दी न्युज संवाददाता

बेनी । म्याग्दीका राजनीतिक दलहरुले प्रतिनिधि सभा र प्रदेश सभा सदस्य पदका उम्मेदवारहरुले चुनाव प्रचार टोली लिएर गाउँ केन्द्रित चुनावी सभा गरेका छन् । चुनावी गीत र नारा घन्काउदै आमसभाका लागि चुनाव प्रचार टोली गाउँ पसेका छन ।शुक्रबार वाम–लोकतान्त्रिक गठबन्धनबाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार खमबहादुर गर्वुजा ‘खम्बिर’ र प्रदेश सभा (१) का उम्मेदवार हरीबहादुर भण्डारीले बेनी नगरपालिका – ९, घतानको नेप्टेचौरबाट चुनावी प्रचार सुरु गरेका छन् ।

गठबन्धनले बेनी नगरपालिका, ४ सिंगा,–६ अर्थुङ्गे, ५ पुलाचौरमा चुनावी प्रचार सभा गरेका छन् । गठबन्धनका शिर्ष नेताहरुको उपस्थित रहेको थियो । गठबन्धनतर्फका प्रदेश सभा (२) का उम्मेदवार रेशम जुग्जालीको टोलीले मंगला गाउँपालिका– ४ बरंजाको धापुङ र बुकुनीमा चुनावी सभा तथा कार्यकर्ता भेटघाट गरेका छन् ।

चुनावी सभालाई सम्बोधन गर्दै कांग्रेस म्याग्दीका सभापति समेत रहनुभएका उम्मेद्वार गर्बुजाले जिल्लाको विकास र परिवर्तनका लागि गठबन्धनका उम्मेद्वार विजयी हुनुपर्ने बताउनुभयो । संविधानको रक्षा र राजनितिक स्थायीत्वको लागि गठबन्धनलाई जिताउन अपिल गर्नुभयो । उहाँले आफुहरु विजयी भएमा मात्र जिल्लाको विकास र परिवर्तन सम्भव हुने जिकिर गर्नुभयो । ‘लामो समयदेखी एमालेका साथिहरुले जित्दै आउनुभएको छ । जिल्लाको विकास र आम नागरिकको जिवन स्तरमा परिवर्तन आउन सकेको छैन् ,’उहाँले भन्नुभयो । जिल्लामा विकासलाई गति दिन र विकास मार्फत नागरिकको जिवनस्तरमा परिवर्तन ल्याउनको निम्ति पनि आफुहरुले जित्न आवश्यक रहेको दावी गर्नुभयो ।

त्यस्तै एमालेबाट प्रतिनिधि सभाका उम्मेदवार हरीकृष्ण श्रेष्ठ र प्रदेश सभा (१)का उम्मेदवार देवेन्द्रबहादुर कटुवाल सहितको टोलीले बेनी नगरपालिका–५ पुलाचौरमा चुनावी प्रचार प्रसार गरेका छन् । त्यस्तै उम्मेदवार श्रेष्ठ र प्रदेश सभा (२) का उम्मेदवार यामबहादुर गर्वुजाले मंगला गाउँपालिका– १, कुँहुमा चुनावी आमसभा गरेका छन् । नेता श्रेष्ठले संसद विघटनको बचाउ गर्दै वर्तमान सरकारले महङ्गी नियन्त्रणमा चासो नदेखाएको आरोप लगाउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार