जितेर काम गर्न नसके अर्कोपटक भोट माग्न जादैंनौ : खमबीर गर्बुजा

  म्याग्दी न्युज संवाददाता

म्याग्दी जिल्ला छिमेकी तीन जिल्लाको तुलनामा विकास निर्माण तथा सम्रग विकासमा धेरै पछाडी छ। छिमेकी जिल्ला बागलुङ, पर्वत र मुस्ताङमा विकासको लहर चलिरहदाँ म्याग्दीको हालत तपाईँहरुसामु घाम छर्लङ्ग छ । अहिलेसम्म म्याग्दीले विकास निर्माण सहितका धेरै अभियानमा फड्को मानुपर्ने अवस्थामा चुनाव जितेर गएकाहरूबाट सोचेजस्तो काम हुन नसक्दा विकास निर्माण, शिक्षा, स्वास्थ्य सहितका आधारभुत आवश्यकतामा म्याग्देलीले सधै अभाव महसुस गर्नुपरेको छ ।

बि.स २०४८ साल यता म्याग्दीबाट कुन पार्टीबाट कतिले संघीय संसादमा प्रतिनिधित्व गरे र उनीहरूले के कस्ता काम गरे भन्ने बारेमा म्याग्देली जनताछर्लङ्ग भइसकेका छन् ।  जिल्लाबाट चुनाव जितेर गएकाहरुबाट जिल्लाबासीको आवश्यकता पूरा गर्न खेल्नुपर्ने भूमिकाहरु कुनैपनि हालतमा सन्तोषजनक मान्न सकिदैन् । नियमित सरकारको बजेटलाई आफ्नो पहलमा भन्दै भाषणा गर्ने बाहेक अहिलेसम्म कुनै ठूला काम भएका छैनन् ।

कुन क्षेत्रमा म्याग्दीको विकास भएको छ भनेर देखाउने ठाउँ छैन् । मैले आलोचना मात्रै गरेको छैन यो अभियानमार्फत मतदाताको माझमा पुग्दा अहिलेसम्म म्याग्दीको विकास भएर,आश्वासन मात्रै पाइयो भन्ने धेरैको गुनासोलाई यहाँ बोलेको छु।

चुनावमा विभिन्न आश्वासनका कारण पटक–पटक मतदान गरेका म्याग्देली जनताले यसपटक पाँचबर्षको लक्ष्य सहित म्याग्दीमा अहिलेसम्म नभएको विकासमा भएका झमेलालाई तोड्न र बास्तविक विकास के हो भनेर देखाउन लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवारले मतदातालाई बाचा गरेका छौ ।

अहिले गठवन्धनको अभियानमा सँगै रहनुभएका राष्ट्रिय योजना आयोगका पुर्व उपाध्यक्ष डा.मीनबहादुर श्रेष्ठको पहलमा बेनी–दरबाङ सडकखण्ड कालोपत्रे सहित स्तरोन्नतीको काम भयो । यही एउटा उदाहरण हामीले हेर्न सक्छौ । पश्चिमी क्षेत्र हुदै ढोरपाटनलाई सडकले जोडेर मध्य पहाडी लोकमार्गको वैकल्पिक सडक बनाउने उहाँको प्रयासलाई समेत हामीले प्राथमिकतामा राखेका छौ ।

यस्ता धेरै काम गर्नुपर्ने भएकाले अ म्याग्दीको विकासमा निरन्तरतामा क्रमभंगता गर्नका लागि यसपाली गठबन्धनलाई जिताउन मतदातालाई अपिल गछु । हामीलाई ५ बर्ष मात्रै दिनुहोस्, अर्को पटक मत माग्न आउँदा मतदाताको अगाडीशीर ठाडो पारेर उभिन सक्ने, हिड्न सक्ने र बोल्न सक्ने हुन्छौ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार