नवनिर्वाचित सांसद गर्बुजा र भण्डारीलाई झिँमा भब्य सम्मान (फोटो फिचर) 

  धनिलाल गर्बुजा

बेनी । म्याग्दीबाट नवनिर्वाचित प्रतिनिधि सभा सांसद खमबहादुर गर्बुजा ‘खम्बिर’ र गण्डकी प्रदेश सभा सांसद हरी भण्डारीलाई रघुगंगा गाउँपालिका–५ झिँ गाँउमा भब्य सम्मान गरिएको छ । प्रतिनिधिसभा सदस्य नेपाली कांग्रेसका खमबहादुर गर्बुजा ‘खम्बिर’ र प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र ‘क’ बाट निर्वाचित नेकपा माओवादी केन्द्रका हरीबहादुर भण्डारीलाई झिँमा मतदाता र आफन्जनतले फूलमालाले सम्मान गर्नुभएको हो ।

 

मंसिर ४ गते भएको प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनमा म्याग्दीमा बाम–लोकतान्त्रिक गठबन्धनका उम्मेद्वार विजयी भएका थिए । बिहिबार बेनीमा संयुक्त विजय ¥याली र सभा गरेर मतदातालाई धन्यवाद दिएका उनिहरु शुक्रबारदेखि मतदातालाई भेत्न गाउँ पसेका छन् ।

आईतबार झिँ मा आयोजित सम्मान तथा बधाई कार्यक्रममा प्रतिनिधि सभा सांसद गर्वुजाले गठवन्धनलाई विश्वास गरेर भोट दिई विजयी बनाउने जिल्लाबासीहरुलाई आभार प्रकट गर्दै म्याग्दीले विकास र परिवर्तन चाहेकाले त्यसलाई पुरा गर्ने वाचा गर्नुभएको छ ।

प्रदेशसभा ‘क’ बाट निर्वाचित प्रदेशसभा सदस्य नेकपा माओवादी केन्द्रका हरी भण्डारीले मतदातालाई धन्यवाद दिदै जनताले दिएको मतको उपेक्षा नहुने गरि काम गर्ने बताउनुभयो । ‘चुनावी अभियानका क्रममा जनतासंग गरेका बाचाहरु पुरा गर्न आफु प्रतिवद्ध भएर लाग्ने छौ’, उहाँले भन्नु भयो ।

गठबन्धनको निर्वाचन परिचालन समितिका संयोजक तथा नेपाली काँग्रेस म्याग्दीका उपसभापति कर्णबहादुर भण्डारी ‘केवी’, नेपाली काँग्रेस म्याग्दीका सचिब तथा नेपाल राष्ट्रि मगर संघ म्याग्दीका अध्यक्ष हिरा बहादुर पुन, रघुगंगा गाउँपालिकाका अध्यक्ष भबबहादुर भण्डारी, नेपाली कांग्रेस रघुगंगा सभापति तथा वडा न. ६का अध्यक्ष मनकुमार सेरपुजा ओवादी केन्द्र रघुगंगा गाउँपालिका संयोजक रिम कटुवाल वडा न. ५का अध्यक्ष मनप्रसाद सेरपुजाले सडक, खानेपानी, कृषि, शिक्षा, स्वास्थ्य लगायतको विषयमा तिनै तहको सरकारसंग समन्वय गरेर समाधान गर्ने प्रतिवद्धता जनाउनुभएको थियो ।

नेपाली कांग्रेस वडा ईकाइ सभापति गोबिन्द पाईजाको अध्यक्षता रघुगंगा कार्यपालिका सदस्य धनमायाँ गोतामेको स्वागत र टेकबहादुर थजालीले सञ्चालन गरेको कार्यक्रमा समाजसेवी पदम बहादुर सेरपुजा, सिद्ध युवा क्लवका अध्यक्ष लाल प्रसाद रोका र कबिन्द्र गर्बुजा लगाएतले मन्तब्य राखेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार