म्याग्दीमा १४ जना उम्मेद्वारको जमानत जफत

  म्याग्दी न्युज संवाददाता

म्याग्दी । म्याग्दीमा १४ जना उम्मेद्वारको जमानत जफत भएको छ । एक निर्वाचन क्षेत्र र दुई प्रदेशसभा निर्वाचन क्षेत्र रहेको म्याग्दीमा उम्मेद्वारी दिएका २० जना मध्ये १४ जनाको जमानत जफत भएको हो ।प्रतिनिधिसभाका लागि ९ जना ,प्रदेश सभा (क) मा ५ जना र (ख) मा ६ जना गरी ११ जनाले उम्मेद्वारी दिएका थिए । यसरी जमानत जफत हुनेमा राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट प्रतिनिधि सभा तर्फ उम्मेद्वार बन्नुभएका जगतप्रसाद गौचन पनि हुनुहुन्छ । उहाँले ९७५ मत प्राप्त गर्नुभयो ।

कुल खसेको मतको १० प्रतिशत मत नल्याउने उम्मेदवारको जमानत जफत हुने जिल्ला निर्वाचन अधिकारी भिमप्रसाद घिमिरेले बताउनुभयो । ८६हजार १२० मतदाता संख्या रहेका म्याग्दीमा ४९ हजार ७६६ मत खसेको थियो ।जिल्ला निर्वाचन कार्यालय म्याग्दीका अनुसार ,कांग्रेस, एमाले र माओवादीबाट उम्मेदवार बनेका उम्मेदवारको बाहेक अन्य सबैको जमानत जफत भएको हो । प्रतिनिधि सभातर्फ दुई जना र प्रदेश सभा तर्फ ४ जनाले जमानत जोगाउन सफल हुनुभएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार