पुर्वउपप्रधानमन्त्री तथा कांग्रेस नेता निधिद्धारा गलेश्वर मन्दिर दर्शन (तस्बिरहरु)

  धनिलाल गर्बुजा

बेनी । पुर्व उपप्रधानमन्त्री ,प्रतिनिधि सभा सदस्य एवं नेपाली कांग्रेसका पुर्वउपसभापति विमलेन्द्र निधिले शनिबार बिहान गलेश्वरधाम मन्दिरको दर्शन गर्नुभएको छ । भारतको अयोध्यामा रामको मुर्ती बनाउन पठाउन लागिएको कालिगण्डकी किनारमा अवस्थित शिलाको अवलोकन गर्नुअघि निधिले मन्दिरको दर्शन गरी पुजाआजा गर्नुभएको हो ।

हिन्दू तथा बौद्ध धर्मावलम्बीको साझा तीर्थस्थल मुक्तिनाथ प्रवेशद्धारका रूपमा परिचित गलेश्वर म्याग्दीको प्रमुख धार्मिकस्थल हो । कालीगण्डकी नदी किनारमा नौ रोपनी क्षेत्रफलमा फैलिएको एउटै चट्टानमाथि अवस्थित गलेश्वरमा शिवालय मन्दिर छ । हिन्दू धर्मगन्थ्रमा गलेश्वरमा सतिदेवीको गला पतन भएको उल्लेख छ । साउन महिनाको सोमबार, बालाचतुर्दशी र महाशिवरात्रि पर्वमा मेला लाग्ने गलेश्वरमा दैनिक पूजाआजा हुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार