वडा स्तरीय वास्केटबल प्रतियोगितामा रघुगंगा गाउँपालिका–३ च्याम्पीयन

  म्याग्दी न्युज संवाददाता

बेनी। बेनीमा आयोजित वडा स्तरीय वास्केटबल प्रतियोगितामा रघुगंगा गाउँपालिका–३, पिप्ले च्याम्पीयन भएको छ । कालीपुलमा शनिबार सम्पन्न प्रतियोगिताको फाइनलमा बेनी नगरपालिका–१०,पात्लेखेतलाई ४४ का विरुद्ध ५२ स्कोर गर्दै पिप्ले विजयी भएको वास्केटवल संघ म्याग्दीका अध्यक्ष एकिन पुर्जाले जानकारी दिनुभयो ।सेमी फाइनलमा बेनी नगरपालिका–८, लाई ४७ का विरुद्ध ४९ स्कोरले पराजित गर्दै पिप्ले फाइनल पुगेको थियो । पात्लेखेतले रघुगंगा–४, दर्मीजालाई ५२ का विरुद्ध ५५ स्कोरले पराजित गरेको थियो ।

प्रतियोगितामा प्रथम र दृतीय हुनेले ट्रफी, मेडल र प्रमाणपत्र सहित नगद रु। ५१ हजार र ३१ हजार पुरस्कार प्राप्त गरेका छन् । ८ टिम सहभागी प्रतियोगिता विहिबारदेखि सञ्चालन भएको थियो ।सातौ म्याग्दी महोत्सव तथा प्रदेश स्तरीय कृषि, पर्यटन, औद्योगिक, व्यापार मेला–२०७९ अन्तरगत म्याग्दी उद्योग वाणिज्य संघले जिल्ला वास्केटबल संघसँग समन्वय गरेर प्रतियोगिता आयोजना गरेको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार