तेस्रो राष्ट्रपति रनिङ शिल्डको उपाधी हेम माविलाई (फोटो फिचर)

  म्याग्दी न्युज संवाददाता

दरबाङ । म्याग्दीको धवलागिरी गाउँपालिकामा सम्पन्न तेस्रो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधी हेम मावि शिवाङले हात पारेको छ । गाउँपालिकाको आयोजनामा आइतबार सम्पन्न भएको प्रतियोगितामा १३ स्वर्ण ,६ रजत र ४ कास्य पदक जितेको हेम माविले उपाधी जित्न सफल भएको हो । उक्त प्रतियोगिता माघ १९ गतेदेखि सञ्चालन भएको थियो ।

उपाधी जित्न सफल हेम माविले रनिङ शिल्ड, ट्रफी, मेडल, प्रमाणपत्र सहित नगद ५० हजार रुपैयाँ प्राप्त गरेको गाउँपालिकाका शिक्षा शाखा प्रमुख ख्यामराज सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुुसार, ६ स्वर्ण, ६ रजत र ४ कास्य पदक जितेको धनजनता मावि दोस्रो भएको छ । भने ३ स्वर्ण, २ रजत र ३ कास्य पदक जितेको किसानी चन्द्रकुन्ता मावि धारापानी तेस्रो भएको छ । दोस्रो र तेस्रो हुनेले ट्रफी, मेडल र प्रमाणपत्र सहित नगद क्रमश ः ३० हजार र २० हजार रुपैयाँ प्राप्त गरेका छन् ।

विजयी खेलाडीहरुलाई गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुन, उपाध्यक्ष रेशम पुन मगर, प्रमुख प्रशासकीय अधिकृत ध्रुब रिजाल, वडा अध्यक्ष अशोक खत्री, देवेन्द्र रोका लगायतले पुरस्कार वितरण गर्नुभएको थियो । ११ वटा विद्यालय सहभागि प्रतियोगितामा जनजागृति मावि मल्कवाङ बाहेक सबै विद्यालयले पदक जितेका छन् । छात्र र छात्रा भलिबल र एथलेटिक्स बिधाका २३ वटा इभेन्समा ६९ पदकका लागि प्रतिस्पर्धा भएको थियो ।

गुर्जाको जनकल्याण माविले २ स्वर्ण र १ कास्य, लमसुङ माविले १ स्वर्ण र १ रजत, धवलागिरी मावि मुनाले १ कास्य, बुद्धी विकास मावि मुद्धीले १ स्वर्ण, २ रजत र ४ कास्य, चन्द्रज्योती मावि खिवाङले २ रजत र ६ कास्य, जनविकास मावि मराङले २ रजत र ३ कास्य, ताकम माविले २ स्वर्ण, ७ रजत र २ कास्य पदक जितेका छन् । गाउँपालिका अध्यक्ष पुनले विजेता र उपविजेता विद्यालयहरुलाई बधाई दिंदै प्रतियोगितालाई सभ्य र शान्तिपुर्ण वातावरणमा सम्पन्न गर्न सहयोग पु¥याउने सबैलाई धन्यवाद व्यक्त गर्नुभयो । उहाँले खेल क्षेत्रको विकास र प्रवद्र्धनको लागि गाउँपालिकाले सहयोग गर्ने समेत प्रतिबद्धता व्यक्त गर्नुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार