नेपालका प्रथम सहिद लखन थापा मगरको स्मृती दिवसमा दीप प्रज्वलन (तस्विरहरु)

  म्याग्दी न्युज संवाददाता

बेनी । नेपालका प्रथम सहिद लखन थापा मगरको १४६ औं स्मृती दिवसमा म्याग्दीमा दिप प्रज्वलन गरिएको छ । नेपाल मगर विद्यार्थी संघ म्याग्दीको आयोजनामा मंगलबार बेनीमा दिप प्रज्वलन गरी स्मृती दिवन मनाइएको हो । प्रथम सहिद थापा मगरको फोटोमा माल्यार्पण गर्दै नेपाल मगर संघ जिल्ला समन्वय समिति म्याग्दीका अध्यक्ष लोकबहादुर पुन (लोकेश)ले लखन थापा मगरको त्यागले राना शासनको अन्त्य मात्र नभई नेपाली जनताले स्वतन्त्रता लगायत ठुलो परिवर्तनको अनुभुति प्राप्त गरेको बताउनुभयो ।

याे पनि‍‍…

को हुन् प्रथम सहिद लखन थापा मगर ?

प्रथम सहिद लखन थापा मगरको योगदानलाई राज्यले कदर गर्न नसकेको उहाँको भनाई छ । प्रथम सहिद लखन थापा मगरको स्मृति खोज अनुसन्धान गर्ने प्रतिष्ठान बनाउन बजेट व्यवस्थापन गरिदिन सरकारलाई आग्रह गर्नुभएको छ । सहिद थापामगरको तस्वीर सहिदहरुको सूचिमा पहिलो स्थानमा राखिनुपर्ने, हरेक सरकारी कार्यालयमा सहिद थापाको तस्विर राख्नुपर्ने र फागुन २ गतेलाई हरेक बर्ष सार्वजनिक विदा दिनुपर्ने मगर संघले माग गर्दै आइरहेको छ । दीप प्रज्वलन कार्यक्रमको सञ्चालन सचिव भरत अर्मजा मगरले गर्नुभएको थियो ।

दीप प्रज्वलनमा मगर संघ म्याग्दीका उपाध्यक्ष खम थापामगर,सहसचिव रमेश फगामी, कोषाध्यक्ष विष्णु रोकामगर र मगर विद्यार्थी संघ म्याग्दीका अध्यक्ष दर्पण रोका मगर लगायत मगर विद्यार्थीहरुको उपस्थित रहेको थियो । मगर संघले प्रत्येक बर्ष फागुन २ गते स्मृति दिवस मनाउदै आएको छ । लखन थापा मगरको जन्म वि.सं.१८९१ मा हालको गोरखाको बुङकोट–४ को काहुले भङ्गार (भञ्ज्याङ) मा भएको थियो।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार