लागु औषध सहित रुपन्देहीका मुस्ताफा खान पक्राउ

  म्याग्दी न्युज संवाददाता

म्याग्दी । जिल्ला प्रहरी कार्यालय म्याग्दीले लागुऔषध सहित एक युवालाई पक्राउ गरेको छ । प्रहरी निरिक्षक तथा सुचना अधिकारी राजन ढकालका अनुसार,लागु औषध लिएर म्याग्दी आउँदै गरेका रुपन्देही जिल्लाका सोमरीमाई गाउँपालिका वडानम्वर ३ सिलबारीका १९ बर्षिय युवा मुस्ताफा खानलाई पर्वतको जलजला गाउँपालिका–३,बाट प्रकाउ गरिएको हो ।

मल्लाजचोक स्थित बेनी–मालढुङ्गा सडकमा शंस्कास्पद रुपमा हिडिरहेको अवस्थामा चेक गर्दा लागुऔषध भेटिएको प्रहरीले जनाएको छ । खानको साथबाट ३९३ ट्यावलेट नाइट्राज्याम लागुऔषध बरामद गरिएको हो । थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय पर्वत पठाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार