लोकदिप साकोसको माविस्तरीय निवन्ध लेखन प्रतियोगिता

  म्याग्दी न्युज संवाददाता

म्याग्दी ।म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित लोकदीप बचत तथा ऋण सहकारी संस्था लि.म्याग्दीले स्थापना दिवसको पूर्वसन्ध्यामा माविस्तरीय निवन्ध लेखन प्रतियोगिता सम्पन्न गरेको छ । बेनी सामुदायिक माविमा सम्पन्न भएको प्रतियोगितामा म्याग्दीका ७ र छिमेकी पर्वत जिल्लाको जलजला गाउँपालिकबाट १ गरी ८ विद्यालयहरुको सहभागिता रहेको थियो ।

‘उच्च शिक्षा अध्ययनको लागि बाल बचतको महत्व‘,‘समाज रुपान्तरणमा सहकारी‘,‘बर्तमानको बचत भविष्यको आधार’गरी ३ शीर्षकमा गोलापोला गरी परेको शिर्षकको आधारमा निवन्ध लेखन गराइएको थियो ।सहकारीको १० औ स्थापना दिवसको अवसर पारेर आयोजना गरिएको सहकारी शिक्षा अन्तरगतको उक्त कार्यक्रमको संयोजकत्व संस्थाका शिक्षा उपसमिति संयोजक खोमराज उपाध्यायले गर्नुभएको थियो भने प्रबन्धक नेत्रराज सुबेदीले संस्थाको बारेमा सहभागीलाई जानकारी गराउनुभएको थियो ।

उक्त प्रतियोगितामा प्रथम द्वितीय तृतीय र सान्त्वना हुने विद्यालयलाई आगामी चैत्र १२ गते हुने स्थापना दिवसको दिन औपचारिक कार्यक्रम गर्दै पुरस्कार वितरण गरिने संस्थाका सचिव ओमप्रसाद शर्माले बताए । विजेतालाई क्रशस ५ हजार, ३ हजार, २ हजार र शान्तवनालाई १–१ हजार, प्रमाणपत्र उपलब्ध गराइने छ । संस्थाले विपन्न विद्यार्थीको शैक्षिक गतिविधिमा सहयोग, फरक क्षमता भएका बालबालिका, अनाथ बालबालिका सहित अन्य विभिन्न सामाजिक कार्य गर्ने गरेको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार