पत्रकार महासंघको स्थापना दिवसमा बालगृहका बालबालिकाको स्वास्थ्य परिक्षण तथा खाद्यान्न सहयोग

  म्याग्दी न्युज संवाददाता

बेनी । नेपाल पत्रकार महासंघको ६८ औं स्थापना दिवसको अवसरमा जिल्ला शाखा म्याग्दीले बालगृहका बालबालिकाको स्वास्थ्य परिक्षण एवम् खाद्यान्न सहयोग गरेको छ । विहिबार बालगृहमा बसोबास गर्ने ११ जना बालबालिकाको स्वास्थ्य परिक्षण गरिएको हो ।कार्यक्रममा बेनी नगरपालिकाका मेयर सुरत केसी र महासंघका उपाध्यक्ष हरीकृष्ण गौतमद्वारा नेपाल बालसंगठन जिल्ला कार्यसमिति म्याग्दीका अध्यक्ष राजेश शाक्य र उपसभापति ज्ञानेन्द्र श्रेष्ठलाई महासंघले बालगृहका बालबालिकाको लागि खाद्यान्न सामाग्री सहयोग गरेको हो ।

त्यस्तै नेपाल नेत्र ज्योती संघ बेनीका नेत्र अधिकृत दिनेश बानियाँद्वारा आखाँ परिक्षण र बेनी संजीवनी हेल्थ क्लिनिक बेनीका डाक्टर रोचन आचार्य लगायतको प्राविधिक सहयोगमा ११ जना बालबालिकाहरुको स्वास्थ्य परिक्षण गरिएको थियो ।कार्यक्रममा मेयर केसीले स्थापना दिवसको शुभकामना दिदै महासंघको चौतर्फी विकासका सहयोग गर्ने प्रतिवद्धता जनाउनुभएको थियो ।

त्यस्तै संस्थापक अध्यक्ष घनश्याम खड्काले पत्रकारितालाई मर्यादित र विश्वसनीय पेशा बनाउन सके महासंघको गरिमा बढ्ने बताउदै पुर्णरुपमा आचारसंहितालाई पालना गर्न पत्रकारलाई आग्रह गर्नुभयो ।उपाध्यक्ष गौतमको अध्यक्षता एवम् स्वागत मन्तव्य, महासंघका सदस्य कृष्ण जिसीले सहजीकरण गर्नुभएको कार्यक्रममा पुर्व अध्यक्ष तारानाथ शर्मा लगायतको उपस्थित रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार