फोनिज मुस्ताङको अध्यक्षमा थकाली निर्वाचित

  म्याग्दी न्युज संवाददाता

मुस्ताङ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) मुस्ताङ शाखाको अध्यक्षमा सुन्दरकुमार थकाली निर्वाचित हुनुभएको छ ।मंगलबार भएको प्रथम जिल्ला अधिवेसनले थकालीको अध्यक्षतामा १० सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

संघको उपाध्यक्षमा शुशिल थकाली, सचिवमा निरज थकाली, सहसचिवमा सोजन हिराचन र कोषाध्यक्षमा तृस्ना गौचन सर्वसम्मत चयन हुनुभएको छ । यसैगरी सदस्यहरुमा रुपिका थकाली, यमुना लामा, रिक्साङ गरुङ, समिर थापा र कर्साङ गुरुङ चयन भए । उनीहरुलाई मंगलबार नै गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री रोशन गाहामगरको उपस्थितिमा पदस्थापन गरिएको छ ।

नवनिर्वाचित अध्यक्ष थकालीले आदिवासी जनजातिको पक्षमा कलम चलाउने प्रतिवद्धता जनाउनुभयो । मुस्ताङमा आदिवासी जनजातिको बाहुल्यता रहेकाले यससँग सम्बन्धित संघसंस्थासँग सहकार्य गरेर अघि बढ्ने बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार