गलेश्वर आदर्श माविले एसइई दिएका विधार्थीलाई गर्‍यो बिदाई

  धनिलाल गर्बुजा

गलेश्वर । म्याग्दीको बेनी नगरपालिका–९ स्थित गलेश्वरमा रहेको गलेश्वर आदर्श आवसीय माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत विद्यार्थीलाई बिदाई गरेको छ । आईतबार विद्यालयले एक कार्यक्रमको आयोजना गरी अध्ययन पुरा गरी एसइई दिएर जान लागेका १२ जना विद्यार्थीहरुलाई बिदाई गरेको हो ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समिति तथा शिक्षकहरुले उनीहरुलाई अविर, खादा र मायाको चिनो प्रदान गरी सुखद् भविष्यको कामना सहित बिदाई गरेका थिए । यही चैत १७ गते देखी सुरु भएको यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)मा गलेश्वर आदर्श माविबाट ७ छात्र र ५ छात्रा जम्मा १२ जना विद्यार्थी सहभागी भएका थिए ।

विद्यालयका प्रधानाध्यापक खगेन्द्र जिसीले उज्जल भबिष्य निर्माणको कामना गर्दै शिक्षानै मानिसको प्रमुख आधार भएकोले जुनसुकै बर्गका व्यक्तिलाई पनि शिक्षा पाउनबाट बञ्चित गराउन नहुने बताउनु भयो ।

कार्यक्रममा समाजसेबी बमबहादुर पुन, सञ्चालक समितिका सदस्य बिन्दु कार्की पुर्जा र शिक्षिका फुलकुमारी रोका लगायतले सैद्धान्तिक ज्ञान संगसंगै व्यवहारिक ज्ञानलाई पनि ब्यवस्थित रुपले मूल्यांकनको आधार बनाउनु पर्ने सुजाब दिनु भयो । यसो भयो भने हाम्रा विद्यार्थीहरुको सिर्जनात्मक क्षमता अभिवृद्धि हुनेछ र देश राष्ट्रिय मात्र नभई अन्तराष्ट्रिय स्तरकै प्रतिष्प्रधी क्षमता भएका दक्ष जनशक्ति उत्पादन गर्न सफल हुने बताए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मिम थकालीको अध्यक्षता शिक्षक ईन्द्र बरुवालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । विद्यालयमा २ सय ६५ विद्यार्थी अध्ययनरत छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार