प्रेस युनियन म्याग्दीको अध्यक्षमा शर्मा चयन

  म्याग्दी न्युज संवाददाता

बेनी । नेपाल प्रेस युनियन म्याग्दीको अध्यक्षमा राकेश शर्मा सर्वसम्मत चयन भएका छन् । शुक्रवार युनियनको बेनीमा सम्पन्न आठौँ बार्षिक साधारण सभा तथा छैठौँ अधिवेशनबाट दोस्रो कार्यकालका लागि शर्मा पुनः अध्यक्षमा चयन भएका हुन् ।

अधिवेशनबाट समितिको उपाध्यक्षमा धनिला गर्वुजा, सचिबमा साधन राम्जाली, सहसचिबमा लिलकुमारी पुर्जा र कोषाध्यक्षमा सुरेन गुरुङ चयन भएका छन् । समितिको सदस्यहरुमा विप्लव कार्की ,जेनिसा पुरी ,मोहोन विक, विशाल विक ,नेत्रराज सुवेदी ,दलप्रसाद तिलिजा र विप्लव बानियाँ लगायत रहेका छन् ।

अधिवेशनको प्रतिनिधि सभा सदस्य खमबहादुर गर्वुजा ‘खमवीर’ले उद्घाटन गर्नु भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार