म्याग्दी समाज न्युयोर्क युएसएको अध्यक्षमा तुलाचन

  म्याग्दी न्युज संवाददाता

बेनी । व्यापार ,अध्ययन र कामको सिलसिलामा अमेरिकामा रहेका म्याग्दीलीहरुको साझा संस्था म्याग्दी समाज न्युयोर्क युएसए ,इंकको अध्यक्षमा रमेश तुलाचन चयन हुनुभएको छ । समाजको आइतबार सम्पन्न दोस्रो अधिवेशनबाट दरबाङका तुलाचनको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरिएको हो ।

कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा याम पुनमगर (भकिम्ली), महिला उपाध्यक्षमा प्रितीमाया पुन (चिमखोला) ,उपाध्यक्षमा सोम बुढाथोकी (अर्मन),महासचिवमा प्रकाश थापा क्षेत्री (अर्मन) ,सचिवमा रत्नसिंह गर्बुजा (विम) ,सचिवमा चक बहादुर पाईजा (विम) ,कोषाध्यक्षमा तिर्थ घर्ति (देविस्थान) र सह–कोषाध्यक्षमा दिपिका छन्त्याल (भकिम्ली) चयन हुनुभएको निवर्तमान अध्यक्ष भविन्द्र शेरपुन्जाले जानकारी दिनुभयो ।

उहाँका अनुसार कार्यसमितिको सदस्यहरुमा केशर बहादुर खत्री (धारापानी),रोशन गौचन (बेनी),शुसिला पुन (पाऊद्धर) ,जगत पुन (निस्कोट ) , भरत डगामी (अर्मन), रामचन्द्र सापकोटा ( बरंजा ), भिमराज पर्टेल (निस्कोट) र दल घर्ती (मुदी ) चयन हुनुभएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार