सांसद जुग्जाली भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री बन्ने निश्चित

  म्याग्दी न्युज संवाददाता

म्याग्दी । म्याग्दीको प्रदेश सभा निर्वाचन क्षेत्र ख बाट निर्वाचित नेकपा माओवादी केन्द्रका गण्डकी प्रदेश सांसद रेशम जुग्जाली मगर ‘सुविन’ दोस्रो पटक मन्त्री बन्ने निश्चित भएको छ ।

एमाले नेतृत्व सरकारमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी सम्हालिसकेका जुग्जालीमगर कांग्रेसका सुरेन्द्रराज पाण्डे नेतृत्वको सरकारमा भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री बन्ने निश्चित भएको हो ।

हालसम्म टुंगो लागेको मन्त्रालयमध्ये मुख्यमन्त्री तथा (आन्तरिक मामिला तथा कानून मन्त्रालय) मन्त्रिपरिषद्को कार्यालयको जिम्मेवारी नेपाली कांग्रेसका सुरेन्द्रराज पाण्डे, भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयमा माओवादी केन्द्रका रेशम जुग्जाली मगर (सुविन), सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सोही पार्टीकै सुशीला सिम्खडाको टुंगो लागिसकेको छ ।

आर्थिक मामिला मन्त्रालय, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, कृषि तथा भूमि व्यवस्था मन्त्रालय, उर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयको जिम्मेवारीबारे भने टुंगो लागेको छैन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार