सांसद जुग्जाली भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रीमा नियुक्त

  म्याग्दी न्युज संवाददाता

म्याग्दी । म्याग्दी प्रदेश सभा निर्वाचन क्षेत्र (ख)बाट निर्वाचित गण्डकी प्रदेश सांसद रेशम जुग्जाली मगर (सुविन)भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रीमा नियुक्त हुनुभएको छ । गण्डकी प्रदेश सरकारमा दोस्रो पटक मन्त्री बन्नुभएका जुग्जाली सहित शुक्रबार नवनियुक्त ४ मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले कांग्रेसबाट नवलपुरका महेन्द्रध्वज जिसी, बागलुङका दिपेन्द्रबहादुर थापा र तनहुँका जीतप्रकाश आले तथा माओवादीबाट जुग्जालीलाई मन्त्री नियुक्त गर्नुभएको हो । जिसीले कृषि तथा भूमि व्यवस्था,आलेले आर्थिक मामिला र थापाले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ ।

उहाँहरुलाई गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङले पद तथा गोपनीयताको शपथ गराउनुभएको हो ।वैशाख ९ गते एमालेका खगराज अधिकारी नेतृत्वको सरकार ढलेपछि कांग्रेस–माओवादीसहितको गठबन्धनबाट गत वैशाख १४ गते पाण्डे मुख्यमन्त्री नियुक्त हुनुभएको हो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार