नेपाल महिला संघ म्याग्दीको अध्यक्षमा श्रेष्ठ

  म्याग्दी न्युज संवाददाता

बेनी । नेपाली कांग्रेस निकट नेपाल महिला संघ म्याग्दीको अध्यक्षमा निर्मला श्रेष्ठ चयन हुनुभएको छ । शुक्रबार सम्पन्न बेनीमा सम्पन्न महिला संघ जिल्ला कार्यसमितिको पुनर्गठनबाट अध्यक्षमा श्रेष्ठ चयन हुनुभएको हो । नयाँ कार्यसमितिको उपाध्यक्षमा सिर्जना श्रेष्ठ ,सचिवमा पुस्पा पौडेल घिमिरे र केशमाया मगर ,कोशाध्यक्षमा स्यानिमाया कार्की र सहसचिवमा सुगम श्रेष्ठ चयन हुनुभएको नेपाली कांग्रेस म्याग्दीका सचिव एवं संयोजक भरत बहादुर रकालले जानकारी दिनुभयो ।

उहाँका अनुसार सदस्यहरुमा गिता रोका चन्द्र शाही , बबिता सापकोटा ,रबिना भट्टचन ,सिता शर्मा ,प्रकृति भण्डारी , मन्जु केसी र बालकुमारी खत्री रहनुभएको छ । साथै कार्यक्रममा निवर्तमान अध्यक्ष तथा गण्डकी प्रदेश सभा सदस्य बिमला गौचन र लेखक अजयमिलन श्रेष्ठलाई सम्मान गरिएको थियो । कार्यक्रममा संविधान सभा सदस्य तथा कांग्रेस म्याग्दीका निवर्तमान सभापति रेशमबहादुर बानियाँ , कांग्रेस म्याग्दीका उपसभापति ,सांसद गौचन ,सचिव रकाल लगायतले बोल्नुभएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार