वडा सचिव शर्माको निधन,आइतबार नगरपालिकाको शोक विदा

  म्याग्दी न्युज संवाददाता

बेनी । म्याग्दीको बेनी नगरपालिका–२,ज्यामरुककोटका वडासचिव राजाराम शर्माको शनिबार निधन भएको छ । ५५ बर्षिय शर्मा शुक्रबार वडा कार्यालयबाट काम सकेर घरमा आउनुभएका शर्मा मध्यरातमा अचानक बिरामी भएपछि बेनी अस्पतालमा उपचारको क्रममा शनिबार विहान ६ बजेर २५ मिनेटमा चिकित्सकले मृत घोषित गरेका थिए ।

सचिव शर्माको हृदयघातका कारण मृत्यु भएको वडा अध्यक्ष यामबहादुर कार्कीले बताउनुभयो । वडा सचिव शर्माको ब्लड प्रेसर लो (रक्तचाप कम) तथा निमोनियाको समेत समस्या रहेको बताइएको छ। लामो समयदेखि वडा सचिवको रुपमा कार्यरत शर्माको निधनमा बेनी नगरपालिकाभित्रका १० वटै वडा कार्यालयमा शोक विदा गरेको छ । मृतक शर्माको शनिबार कालिगण्डकी नदीमा हिन्दु परम्परा अनुसार अन्त्येष्टी गरिएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार