गणतन्त्र सोह्रौँ वर्षमा

  म्याग्दी न्युज संवाददाता

काठमाडौं। मुलुकमा गणतन्त्र घोषणा भएको १५ वर्ष पूरा भई १६ औँ वर्षमा प्रवेश गरेको अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरी आज देशव्यापी रूपमा गणतन्त्र दिवस मनाइँदै छ ।मुलुकको शासन व्यवस्थामा नै आमूल परिवर्तन भई गणतन्त्रात्मक शासन व्यवस्था सुरु भएको दिनको अवसरमा हरेक वर्ष जेठ १५ गते गणतन्त्र दिवस मनाउने गरिन्छ ।

विसं २०६२÷६३ को जनआन्दोलनको जगमा गठन भएको जननिर्वाचित संविधान सभाको पहिलो बैठकले २०६५ जेठ १५ गते नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको थियो । गणतन्त्र घोषणासँगै मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको शुभारम्भ भएको थियो भने करिब अढाई सय वर्षको इतिहास बोकेको शाहवंशीय राजतन्त्रको बिदाइ भएको थियो ।

विसं। २०६३ वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्रद्वारा २०५९ जेठ ८ गते विघटन भएको संसद् पुनस्र्थापना गरिएको थियो भने विसं २०६३ जेठ ४ गतेको संसद्को बैठकले राजसंस्थालाई निलम्बन गरेको थियो । त्यसै गरी सो बैठकले तत्कालीन सशस्त्र आन्दोलनरत माओवादीलाई शान्ति प्रव्रिmयामा ल्याई संविधान सभाको निर्वाचन गर्ने संकल्प प्रस्तावसमेत पारित गरेको थियो ।

यसै राजनीतिक जगमा २०६४ चैत २८ गते पहिलो संविधान सभा निर्वाचन भएको थियो । सोही संविधान सभाको २०६५ जेठ १५ गते बसेको पहिलो बैठकले राजसंस्थाको विधिवत् अन्त्य गरेको थियो । त्यसै गरी २०७० मङ्सिर ४ गते सम्पन्न दोस्रो संविधान सभा निर्वाचनबाट निर्वाचित सभाले २०७२ असोज ३ गते सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी ग¥यो । यसैबिच गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री र प्रमुख राजनीतिक दलका नेताहरूलगायतले देशवासीलाई शुभकामना व्यक्त गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार