बाढीले बगाएर पाखापानीमा एक महिलाको मृत्यु

  म्याग्दी न्युज संवाददाता

बेनी । घाँस काट्न गएको समयमा बाढीले बगाएर म्याग्दीको रघुगंगा गाउँपालिका –६,की एक महिलाको मृत्यु भएको छ । सोमबार दिउँसोको वर्षापछि आएको बाढीले बगाउँदा २४ वर्षीया हरिमायाँ शेरपुञ्जाको मृत्यु भएको रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले जानकारी दिनुभयो ।

गम्फु जंगलमा घाँस काट्न जानुभएकी महिला पानी परेपछि ओत लाग्न हिड्ने बेलामा एक्कासी आएको बाढीले बगाउँदा मृत्यु भएको अध्यक्ष भण्डारीले बताउनुभयो । पाखापानी प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक  गोबद्र्धन दुराले घटनास्थलमा प्रहरी टोली पुगेको र मृतकको शव फेला परेको बताउनुभयो ।

जिल्ला प्रहरी कार्यालय म्याग्दीको प्रहरी टोली पनि घटना स्थलतर्फ प्रस्थान गरेको प्रहरी निरीक्षक कुमार गुरुङले जानकारी दिनुभयो । त्यस्तै, वर्षाको पानीले रघुगंगा गाउँपालिका –८ ,कुइने मंगलेका दिलमान छन्त्यालको घर भत्केर पूर्णरुपमा क्षति पुगेको अध्यक्ष भण्डारीले बताउनुभयो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार