मालिका र धवलागिरीमा वाइसिएलको नयाँ नेतृत्व चयन

  म्याग्दी न्युज संवाददाता

म्याग्दी । नेकपा (माओवादी केन्द्र)को युवा संगठन वाइसिएलले मालिका र धवलागिरी गाउँपालिकामा कमिटिको नयाँ नेतृत्व चयन गरेको छ । गाउँपालिकाको केन्द्र दरवाङमा सोमबार सम्पन्न वाइसीएल मालिकाको दोस्रो सम्मेलनबाट तेजेन्द्र पुनको अध्यक्षतामा कार्यसमिति चयन भएको हो । समितिको उपाध्यक्षमा टंकलाल पौडेल, सचिवमा प्रवेश फगामी, सहसचिवमा भिम रोका, कोषाध्यक्षमा तुलमाया रोका चयन हुनुभएको छ ।

वाइसीएलका केन्द्रिय सदस्य तथा म्याग्दी जिल्ला ईञ्चार्ज नगेन्द्र केसी, नेकपा माओवादी केन्द्र मालिका गाउँपालिका कमिटिका अध्यक्ष अनुप गौचन लगायतको उपस्थितिमा सम्मेलन सम्पन्न भएको थियो । ताकममा मंगलबार सम्पन्न दोस्रो सम्मेलनबाट रमेश भण्डारीको अध्यक्षतामा कार्यसमिति चयन भएको हो । समितिको उपाध्यक्षमा उत्तम रसाइली, नरबहादुर परियार, तुलसी पौडेल, भरत हर्मेल, सचिवमा विपिन पौडेल, सहसचिवमा खकप्रसाद बिक र कोषाध्यक्षमा सुकमाया परियार चयन हुनुभएको छ ।

वाइसिएलका केन्द्रिय सदस्य तथा म्याग्दी जिल्ला ईञ्चार्ज नगेन्द्र केसी, नेकपा माओवादी केन्द्रका विशेष प्रदेश समिति सदस्य अर्जुन थापा, प्रदेश सदस्य खुमनाथ सुवेदी, गाउँपालिका कमिटिका अध्यक्ष यामन रोका, गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगर लगायतको उपस्थितिमा सम्मेलन सम्पन्न भएको थियो ।

जिल्ला सम्मेलनको मिति नजिकएसँगै वाइसीएलले म्याग्दीमा पालिका कमिटिको सम्मेलनलाई तिब्रता दिएको छ ।
कार्यक्रममा सहभागिहरुले गाउँ, टोल देखिनै विकृति, बेथितिका विरुद्धको भण्डाफोर, सिर्जनशिल र सामाजिक कार्यमा सहभागिता, विकास निर्माणमा युवाहरुलाई परिचालन गरेर रोजगारी सिर्जना गर्नुपर्नेमा जोड दिएका थिए ।सरकारले भ्रष्ट्राचार र बेथितिका विरुद्ध, सुशासन, नागरिक अधिकार, संविधानको कार्यान्वयनका लागि चालेका कदमलाई निरन्तरता दिदै विकासका गतिबिधिलाई अघि बढाउनुपर्ने सहभागिको भनाई थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार