मोना युएईको अध्यक्षमा पुनःराम्जाली

  म्याग्दी न्युज संवाददाता

म्याग्दी । सामाजिक क्षेत्रमा क्रियाशिल म्याग्दी प्रवासी नेपाली संघ (मोना) संयुक्त अरब इमिरेट्स (युएई)को अध्यक्षमा सुवास राम्जाली मगर दोहोरिनुभएको छ । रोजगारी लगायत विभिन्न सिलसिलामा युएईमा रहेका म्याग्दीलीहरुको साझा संस्था मोना युएईकाे आइतबार सम्पन्न संस्थाको साधारणसभा –२०२३को अधिवेशनबाट दास्रो कार्यकालको लागि अध्यक्ष पदमा राम्जाली दोहोरिनुभएको हो ।

कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा किरण खत्री,उपाध्यक्षमा बेक प्रसाद पुन र टेक फगामी, महिला उपाध्यक्ष यम कुमारी रोका, महासचिवमा काजीमान बुढाथोकी मगर,सचिव नर छन्त्याल, कोषाध्यक्ष कुमार कार्की, सह–कोषाध्यक्ष चन्द्र भण्डारी रहनुभएको छ । महासचिव बुढाथोकीका अनुसार कार्यसमितिको सदस्यहरुमा लोकेन केसी,मुना श्रीपाली,रमेश भण्डारी,खिम कुमारी रोका , गोपाल केसी,यमराज घर्ती र पार्वती अर्मजालाई चयन गरिएको छ ।

कार्यक्रमको उद्घाटन गर्दै मोना अन्तर्राष्ट्रिय कार्यकारी समितिका उपाध्यक्ष तथा मोना युएईका संरक्षक ई.नन्द गर्बुजाले युएईमा रहेका म्याग्दीलीहरु बिचमा एकता गराउन मोनाले महत्वपुर्ण काम गरेको बताउनुभयो । उहाँले प्रवासमा छरिएर रहेका म्याग्दीलीहरुविचमा एकता मात्र नभई परदेशी भुमिमा जिल्लाबासीको सुखदुख तथा जिल्लामा हरेक क्षेत्रको विकासमा समेत मोनाको भुमिका उल्लेखनीय रहेको बताउनुभयो ।

सोही कार्यक्रममा मोना युएईका संरक्षक संरक्षक सुशील केसी, प्रकाश कार्की, सल्लाहकार बिक्रम अधिकारी ,बागलुङ सेवा समाजका अध्यक्ष रत्न बिक,पर्वत सेवा समाजका अध्यक्ष कमल लामिछाने,तनहुँ सेवा समाजका अध्यक्ष सुदिप कार्की,गुल्मी सेवा समाजका अध्यक्ष हुमराज बिकले मोनाले हरेक क्षेत्रमा पु¥याएको योगदानको प्रशंसा गर्नुभयो । अध्यक्ष राम्जालीले संस्थालाई थप उत्कृष्ट बनाउन यसअघिको कार्यकालको अनुभव र सबै संगको सहकार्यलाई प्रभावकारी बनाउने बताउनुभयो । उहाँले संस्थालाई थप बलियो बनाउन सबैको साथ सहयोगको आवश्यकता रहेको बताउनुभयो ।

राम्जालीको अध्यक्षता, मोना युएई महिला उपाध्यक्ष यम कुमारी रोकाको स्वागत र महासचिव बुढाथोकी मगरको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । नवनिर्वाचित कार्यसमितिलाई निर्वाचन संयोजक सुशीला केसी सहितका अतिथीले बधाई तथा प्रमाणपत्र वितरण गर्नुभएको थियो । साधारणसभाको अवसरमा थाली सहित विभिन्न नृत्य सहितको सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार