अन्नपूर्ण गाउँपालिकाकाे फुर्केरुख खर्कमा चट्याङ लागेर ३९ भेडा-बाख्रा मरे (तस्बिरहरू)

  म्याग्दी न्युज संवाददाता

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३,फुर्केरुख खर्कमा चट्याङ लागेर ३९ भेडा -बाख्रा मरेका छन् । अन्नपूर्ण–३, ठाडाका छकबहादुर पुनको गोठमा चट्याङ परेर भेडा-बाख्रा मरेका हुन् । अन्नपूर्ण गाउँपालिकाको पशु सेवा शाखाका प्राविधिक प्रकाश जिसीले आज बिहान १ बजेतिर परेको चट्याङले लागेर ३९ भेडा-बाख्रा मरेका जानकारी दिनुभयो ।

‘आज विहान राति चट्याङ लागेर भेडा मरेको खबर पाएपछि जनप्रतिनिधि, प्राविधिक र प्रहरी सहितको टोली घटनास्थल तर्फ गएको थियो ,’ उहाँले भन्नुभयो ,‘ टोलकीका अनुसार खर्कमा भेडा सहित केही खसी , थुमा र बाख्रा पनि  मरेका छन् ।’

वडा नम्बर ४ का वडा सदस्य श्याम पुर्जाका अनुसार, चरनका लागि लेकमा लगेका भेडा खर्कमा बास बसेको ठाउँमा चट्याङ पर्दा गोठाला पनि सामान्य घाइते हुनुभएको छ । गाउँपालिकाका जनप्रतिनिधि, प्रहरी र जनप्रतिनिधिको टोली घटनास्थलतर्फ गएको छ । घटनास्थलतर्फ जानुभएका वडासदस्य पुर्जाले चट्याङ लाखौँको पशुधनको क्षति भएको बतााउनुभयो । करिब ११ लाख क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । तस्बिर सौजन्य ः नायव पशु सेवा प्राविधिक राजु बरुवाल 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार