म्याग्दीमा मोडल र लिटिल मोडल प्रतियोगिता हुँदै

  म्याग्दी न्युज संवाददाता

बेनी । म्याग्दीमा लुकेर रहेका कला, सस्कृति र प्रतिभालाई उजागर गराउन मोडल अफ म्याग्दी र लिटिल मोडल अफ म्याग्दी हुने भएको छ।
साउनको १९ र २० गते हुने छनोट प्रतियोगितामा ६ देखि १४ बर्षसम्मका लिटिल मोडेल अफ म्याग्दी – २ र १४ देखि २९ बर्स सम्मका अविवाहित सहभागिता रहने मोडल अफ म्याग्दीमा भर्ना सुरु भएको किङस्टार क्रियसन प्रालिका ब्यवस्थापक सुमन खड्काले पत्रकार सम्मेलन मार्फत जानकारी दिनुभएको छ ।

मोडल अफमा सहभागी हुनेलाई एक महिनाको प्रशिक्षण, फोटोशुट, भिडियोशुट, ब्यक्तित्व र नेतृत्व विकासको लागि क्षमता अभिृवृद्धि लगायतका तालिम दिईने ब्यवस्था रहेको ब्यवस्थापक खड्काले बताउनुभयो । विभिन्न गिफ्ट ह्याम्पर, क्राउन, ट्र्फी र प्रमाणपत्रसहित नगद पच्चिस हजार रुपैयाँ पुरस्कारले पुरस्कृत गरिने छ ।

जिल्लाका सम्पुर्ण स्थानीय तहबाट सहभागी हुन पाउने पाउने गरि १४ देखि २९ वर्ष उमेर भित्रका मोडल अफ म्यादी सिजन –३ र ६ देखि १३ वर्ष उमेर समूहका समुहले लिटिल मोडेल सिजन–२ मा सहभागी हुन पाउने छन्। यस कार्यक्रमको फाईनल भदौ ९ गते जिल्ला समन्वय समितिको सभाहलमा गरिने ब्यवस्थापक खड्काले जानकारी दिनुभयो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार