अझै भेटिएनन् बेपत्ता चालक

  म्याग्दी न्युज संवाददाता

बेनी । बुधबार दिउँसोदेखि बेपत्ता चालक सहितको जिप अझै भेटिएको छैन । बेनी जाेमसाेम सडक अन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३,दानाबाट फर्किदै गरेको ग २ च १०३१ नम्बरको बोलेरो जिप चालक कम्लेस परियार बेपत्ता हुनुभएको थियो । बेनी स्थित सुमन किराना स्टोरबाट दाना पुगेर फर्किने बेलामा सम्पर्कविहिन भएको बोलेरोको खोजी गर्ने क्रममा अन्नपूर्ण–६ भिरकाटेमा बोलेरोको सिसा,सामानको नगद रसिद भेटिएको छ भने चालक र बोलेरो अझै भेटिएको छैन् ।

चालकको घर मालिका गाउँपालिका वडा नम्बर ५ देविस्थान हो । गएको साउन ७ गते बेनीबाट खाद्यान्न सामान लिएर गएको उक्त बोलेरो बुधबार दिउँसो ३ बजेसम्म सम्पर्कमा रहेको र त्यसपछि सम्पर्कविहीन भएको सुमन किराना स्टोरका सञ्चालक सुमन श्रेष्ठले बताउनुभयो। सम्पर्कविहिन भएका चालकको खोजि कार्यमा जुटेको उहाँले बताउनुभयो । उहाँका अनुसार खोजीकार्यको क्रममा भिरकाटेमा सिसा फेला परेको छ ।

उर्लिएको भेलमा खसेको अनुमान सहित खोजीकार्य गरेपनि सवारी तथा चालक नभेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। सिसा भेटिएको स्थानबाट तल्लो क्षेत्रमा कालीगण्डकी नदी वारपार प्रहरी परिचालन गरी खोजी भइरहेको छ । हालसम्म दुर्घटनाबारे कुनै तथ्य फेला नपरेको हुँदा जिप र त्यसका चालकको अवस्था थाहा हुन नसकेको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार