कालीगण्डकी नदीमा जीपसहित बेपत्ता भनिएका चालक काठमाडौंबाट पक्राउ

  म्याग्दी न्युज संवाददाता

बेनी। जीपसहित कालीगण्डकी नदीमामा बेपत्ता भनिएका चालक काठमामाडाैंमा रहेको खुलेको छ । बेनी–जोमसोम सडकअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६,भीरकाटे खण्डबाट साउन १० गते बेपत्ता भनिएका चालक जिल्लाको मालिका गाउँपालिका–५,देविस्थानका कम्लेश परियार काठमाडौंमा रहेको खुलेको हो ।

जीपलाई कालीगण्डकी नदीमा बेपत्ता गराएर भागेर काठमाडौं पुगेका चालक परियारलाई पक्राउ गरी बेनी ल्याइदैं छ ।  सुचनाको आधारमा खोजी गर्दै जाँदा ग २ च १०३१ नम्वरको बोलेरो जीपसहित बेपत्ता भनिएका चालक काठमाडौंमा फेला परेको प्रहरी नायव उपरिक्षक मदन कुँवरले जानकारी दिनुभयो । उहाँका अनुसार चालक परीयारलाइ मंगलबार बेनी ल्याइने छ ।

‘‘बेपत्ता भनिएका जीप चालक सम्पर्कमा आएका छन, थप अनुसन्धानका लािग प्रहरीले मंगलबारसम्म बेनी ल्याउने योजनामा छौ”,कुँवरले भन्नुभयो ,“चालक ब्यक्ति आएपछि घटनाको अनुसन्धानबाट थप विवरण आउने छ ।”साउन १० गते बुधबारदेखि बेपत्ता चालकसहित जीप खोजी गर्दा विहिबार भीरकाटेको कालीगण्डकी किनारमा जीपको सिसा भेटिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार