म्याग्दीकी देवी गर्बुजा ‘मेरो डान्स युनिभर्स’को अन्तिम ६ स्थानमा (भिडिओ )

  म्याग्दी न्युज संवाददाता

बेनी । म्याग्दीकी देवी गर्बुजा मगर पहिलो अन्तर्राष्ट्रिय नेपाली रियालिटी शो ‘मेरो डान्स युनिभर्स’को अन्तिम ६ स्थानमा प्रवेश गर्नुभएको छ। एनटिभी प्लसमा प्रशारण भैराखेको नेपाली भाषा, कला तथा मौलिक संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले सुरु गरिएको प्रतियोगितामा म्याग्दी रघुगंगा गाउँपालिका वडा नं ४ दग्नामकी गर्बुजा उत्कृष्ट ६ मा पुग्नुभएको हो । विश्वका ५२ भन्दा बढी देशबाट १ सय २० जना प्रतियोगितामा सहभागीमध्ये गर्बुजा मगर दर्शकीय मतको आधारमा आगामी चरणमा प्रवेश गर्नुभएको हो । बाल्यकालदेखि नै नृत्यमा सक्रिय देवी गर्बूजाको कलात्मक नृत्यलाई दर्शकले रुचाएका छन् ।

https://www.facebook.com/100027259894327/videos/874333990698911/

सामाजिक संजाल फेसबुक मार्फत उहाँले सहयाेगकाे अपिल गर्दै लेख्नुभएकाे छ, ‘झोर्ले, सेवा, सेवारो, टासिदेलेक, छ्याजलो, ज्वजलपा, फ्यफुल्ला, होर्छे अनि नमस्कार यहाँहरूमा म देवी गर्बुजा मगर मेरो डान्स युनिभर्सको Top Ten Finalist यहाँहरूको साथ, सहयोग तथा सद्‌भावका कारण म यो स्थान बनाउन सफल भएकी छु । र म अहिले top6मा पुग्न सफल भकि छु भोटमार्फत् सहयोग गर्नुहुने सहयोगी मनलाई नमन १ अमूल्य भोट दिई विजयी बनाउन यहाँहरूमाझ पुनः अनुरोध गर्दछु । अहिले top5 यानकि फाइनल को लागि धेरै competition को कारण ले पिलिज सक्दो धेरै भोट अनि share गरि सहयोग गरिदिनु हुन अनुरोध गर्दछु ।
धन्यवाद’

https://www.facebook.com/100027259894327/videos/667846198235145/

अन्तिम १६ को प्रतिस्पर्धा यता उनलाई भोटिङ सहित विभिन्न क्षेत्रबाट उपाधीका लागि सहयोगको अपिल समेत भइरहेको छ ।यूरोपको बेल्जिमयबाट प्रतियोगितामा सहभागी हुनुभएकी देबी गर्बुजा यसअगाडी समेत मिस नेशनल आइकनको उपाधि समेत जितिसक्नुभएको छ।

उनले प्रतियोगिताको उपाधीका लागि आगामी चरणका लागि भोट गर्न दर्शकलाई आग्रह गरिरहेकी छन् । ‘यो प्रतियोगिताको उपाधिका लागि सबैको साथ र सहयोग आवश्यक छ,‘ सबैलाई सहयोगको आह्वान गर्दै भन्नुभयो , ‘जन्मभूमिलाई चिनाउन समेत मैले नृत्यमार्फत थप प्रयास गर्नेछु ।’ प्रतियोगिताकाे विजेताले  एक करोड रुपैयाँ, दोस्रो हुनेले  ३० लाख रुपैयाँ र तृतीय हुनेले २० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । त्यस्तै, समूह नृत्यका विजेतालाई पनि आकर्षक पुरस्कारको व्यवस्था छ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार