बाढीले पुरिएको बैंकको डेढ करोड बढी पैसा भेटियो

  म्याग्दी न्युज संवाददाता

मुस्ताङ । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र–४,कागबेनीमा बाढीले पुरिएका दुई वटा बैंकको डेढ करोड रुपैयाँ भन्दा बढी पैसा भेटीएको छ । अविरल वर्षाका कारण गत साउन २८ गते साँझ कागखोलामा आएको बाढीले पुरिएको कागबेनी स्थित प्रभु बैंक शाखाको ५२ लाख ६ हजार १०३ रुपैयाँ र नेपाल ईन्भेष्टमेण्ड मेगा बैंकको १ करोड ५ लाख ३२ हजार ९६४ रुपियाँ नगद मौज्यादसहित भल्ट बाकस भेटिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी नायव उपरिक्षक रबिन्द्र पौडेलले जानकारी दिनुभयो ।

सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले विपद् प्रतिकार्य उपकरण सहयोगमा प्रभुको शुक्रबार र नेपाल ईन्भेष्टमेण्ड मेगा बैङ्कको भल्ट बाकस आइतबार फेला परेको हो । बाढीले बैंक तथा वित्तिय संस्था रहेको घरसंगै २९ घरहरुमा पूर्ण क्षति र१३ घरहरु आशिंक क्षति पु¥याएको थियो । बाढीले ३२ वटा चौपाया र १८ वटा सवारी साधन बगाएको थियो ।

कागखोलाको बाढीले प्रसिद्ध धार्मिक श्राद्धस्थल कागबेनीधामको पुरै धार्मिक संरचना ध्वस्त बनाएको छ । एक पक्की पुलसहित ४ वटा अस्थायी पुलमा बगाएको थियो ।कागबेनीमा आकस्मिक बाढीले करोडौंका भौतिक संरचनामा क्षति पू¥याएसंगै त्यहाँ नदी नियन्त्रण, नदीको उकार सम्याउने उद्दारकार्य जारी छ । प्रभु बैङ्कको भेटिएको रकम प्रहरी ,प्रशासन,स्थानीय तह र स्थानीयबासीको रोहबरमा बाढी प्रभावित क्षेत्रमै मुचुल्का गरी प्रभु बैङ्क जोमसोम शाखालाई हस्तान्तरण गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार