बैसरी पहिरोमा घाइते जीप चालक लुक्चनको उपचारको क्रममा निधन

  म्याग्दी न्युज संवाददाता

बेनी । बेनी–जोमसोम सडक अन्तर्गत म्याग्दीको रघुगंगा गाउँपालिका–२, बैसरी स्थित पहिरोमा माथीबाट खसेको ढुङ्गा लागी घाईते जीप चालक लुक्चन शेरपुञ्जा पुन मगरको उपचारको क्रममा निधन भएको छ । सडकमा गुडीरहेको गाडीमा माथीबाट खसेको ढुङ्गालागी गम्भीर घाईते शेरपुञ्जा मगरको पोखरा स्थित मणीपाल शिक्षण अस्पतालमा उपचारक्रममा आइतबार विहान निधन भएको हो । अन्नपूर्ण गाउँपालिका –७, का वडाध्यक्ष मइलन पुर्जाका अनुसार  मृतक ४२ वर्षीय शेरपुञ्जाको शव जन्मस्थल महभीर नै लगी धार्मिक विधी पूर्वक दाहसंस्कार गरिने भएको छ ।

आफन्तका अनुसार टाउकोमा चोट लागेपछि वेहोस भएका शेरपुञ्जाको टाउको भित्र रगत जमेको भेटिएपछि शल्यक्रिया गरिएको थियो । उहाँको होसमा नफर्कि मृत्यु भएको हो । गत साउन २४ गते सदरमुकाम बेनी जाँदै गरेको ग १ ज ६८२० नम्बरको बोलेरो जीप बैंसरीको पहिरो छिचोल्नेक्रममा माथीबाट ढुङ्गाखस्दा चालक अन्नपूर्ण गाउँपालिका–७,का शेर्पुन्जाको टाउकोमा चोट लागेको थियो । जीपमा सवार यात्रु भने सुरक्षित थिए । चालकलाई चोट लागेपछि यात्रु निक्लेर भागेका थिए । केही वेरमै पहिरो झरेर जीप पूर्ण रुपमा क्षेती पुगेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार