गुरुङले जिते फोटो प्रतियोगिताको उपाधि

  म्याग्दी न्युज संवाददाता

म्याग्दी। अष्ट्रेलियामा रहेका म्याग्दीलीहरुको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ (मोना) अष्ट्रेलियाद्धारा आयोजित फोटो प्रतियोगितामा अन्नपुर्ण गाउँपालिका–५,शिखका सुरेन गुरुङ विजयी हुनुभएको छ । मोना अस्ट्रेलियाले आइतबार दिउँसो घोषणा गरेको नतिजा अनुसार गुरुङले खिच्नुभएको अन्नपूर्ण गाउँपालिका–४,स्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविर जाने मौरिस हर्जोग पदमार्गको फुतफुते झरनाको तस्बिर प्रथम भएको हो ।

सामाजिक सञ्जाल मोना अष्ट्रेलियाको फेसबुक पेज मार्फत सार्वजनिक भएको तस्बिर १२ हजार ८४४ लाईक, दुुई हजार ७१६ पटक शेयर, दुुई हजार पाँच कमेन्ट र दुुई लाख ३१ हजार ४७५ पिपुल रिच भएको छ । १३९ जना सहभागी भएको प्रतियोगितामा बेनी नगरपालिका –५,का अनुप बानियाँ द्वितिय, रघुगंगा गाउँपालिका– ३, पिप्लेका भविन्द्र शाही तृतिय र बेनी नगरपालिका– ७,की रेन्जिसा श्रेष्ठ शान्त्वना हुनुभएको छ ।

बानियाँले धवलागिरी हिमाल, शाहीले पिप्लेमा रहेको भगवति मन्दिर र श्रेष्ठले बेनी बजारको फोटो प्रतियोगितामा सहभागी गराउनुभएको थियो । प्रथम, द्वितिय, तृतिय र सान्तवनालाई क्रमश ः २० हजार रुपैयाँ, १० हजार रुपैयाँ , पाँच हजार र तीन हजार नगद सहित ट्रफि र प्रमाणपत्र पुरस्कार प्रदान गरिने प्रतियोगिताका संयोजक बाबुराम पौडेलले जानकारी दिनुभयो ।

म्याग्दी स्थित पर्यटकीय स्थलहरुको प्रचार प्रसार गर्ने उद्देश्यले भएको प्रतियोगितामा गुरुङले खिच्नुुभएको सो तस्बिरलाई सामाजिक सञ्जाल फेसबुकमा सबैभन्दा बढी लाईक, कमेन्ट, शेयर र पिपुल रिचको आधारमा बिजयी घोषणा गरिएको मोना अस्टे«लीयाले जनाएको छ ।गत साउनको ६ गते सुरु भएको प्रतियोगितामा साउनको ९ गतेभित्र म्याग्देलीद्वारा म्याग्दीका लागि भन्ने फेसवुक ग्रुपमा फोटो पोष्ट गएिको थियो ।

भदाै ३ गते सम्म प्राप्त लाईक, कमेन्ट, शेयर र उक्त फोटो कति जना सम्म पुग्यो भन्ने गणनालाई प्रतियोगितामा मुल्याङकनको आधार बनाईएको थियो जिल्लाका पर्यटकीय स्थलहरुको प्रचार प्रसार, नयाँ पर्यटकीय गन्तव्यको खोजी तथा पर्यटन प्रवद्र्धन गर्ने मुख्य उद्देश्य राखेर प्रतियोगिता आयोजना गरिको म्याग्दी प्रवासी नेपाली संघ मोना अस्ट्रेलियाका अध्यक्ष इन्द्र थापा मगरले बताउनुभयो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार