काठमाडौंदेखि बेनीतर्फ आउँदै गरेको बस दुर्घटनामा आठ जनाकाे मृत्यु ,१७ घाइते

म्याग्दी । काठमाडौंबाट बेनीतर्फ आउँदै गरेको बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन् भने आठ जनाको घटना स्थलमै मृत्यु भएको छ । धाैलागीरी गण्डकी यातायात प्रालीकाे  प्रदेश ३–०१–००५ ख ९९५२ नम्बरको बस बुधबार बिहान सवा ११ बजे धादिङको गजुरी गाउँपालिका वडा नम्बर २ मा भएको यात्रुवाहक बस दुर्घटनामा परी ८ जनाको मृत्यु भएको हो । मृत्यु भएकाहरूको नाम खुलिसकेको छैन।

घाइतेमध्ये मध्ये ४ जनाको धादिङकै टिचिङ मलेखु अस्पताल र १३ जनालाई थप उपचार गर्न काठमाडौं पठाइएको धादिङका प्रहरी प्रमुख एसपी गौतम मिश्रले जानकारी दिनुभयो । उहाँका अनुसार मृतकमध्ये २ जना महिला र ६ जना पुरूष छन्। बस बिहान ७ बजे काठमाडौंबाट छुटेको थियो। ‘आज विहान भएको यात्रुबाहक बस दुर्घटनामा अहिलेसम्म आठ जनामा मृत्यु भएको छ, १७ जनाको सकुशल उद्धार गरी गम्भीर घाइते १३ जनालाई काठमाडौं पठाइएको छ भने ४ जनाको यही लोकल अस्पतालमा उपचार भइरहेको छ ,’ उहाँले भन्नुभयो, ‘मृतक र घाइतेको नामावली खुलेको छैन । गोटाखोर पनि परिचालन गरी खोजीकार्य जारी छ ।’

 

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार