नेपाल जेसीजको क्षेत्र ‘ख’ सम्मेलन सुरु,चारजना सम्मानित (फोटो फिचर)

म्याग्दी । म्याग्दी सदरमुकाम बेनीमा नेपाल जेसीजको क्षेत्र ‘ख’ सम्मेलन सुरु भएको छ । म्याग्दी जेसीजको आतिथ्यतामा विहिबारदेखि सुरु भएको सम्मेलनको गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले दिप प्रज्वलन गरी उद्घाटन गर्नुभयो । आज र भोली गरी दुई दिन सम्म सञ्चालन हुने सम्मेलनमा देशभरबाट करिब ६ सयभन्दा बढीले सहभागिता जनाएका छन् । त्यसैगरी देशभरका एक सय ७८ वटै नेपाल जेसीजका शाखाहरूबाट समेत पर्यवेक्षकको रूपमा सहभागिता रहेको आयोजकले जनाएको छ । सम्मेलनले पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने विश्वास लिइएको छ ।

त्यसैगरी कार्यक्रममा विभिन्न विद्याका व्यक्तीलाई सम्मान गरिएको छ । कृषि र पशुपालन क्षेत्रमा योगदान पुर्‍याउने धवलागिरि गाउँपालिका–५,मल्कबाङका भेडापालक किसान हिमबहादुर छन्त्याल (देवान), लोकसङ्गीत मार्फत जिल्लालाई चिनाउन सफल भएको भन्दै लोकप्रिय गायक मङ्गला गाउँपालिका–३,का प्रकाश दुतराज, विपत् व्यवस्थापन तथा उद्धारमा क्रियाशील भएर समाजमा उत्कृष्ट योगदान दिएको भन्दै अन्नपूर्ण गाउँपालिका–३, दानाका इन्द्रसिंह शेरचन र युवा लघुउद्यमी धवलागिरि गाउँपालिका–७ ,धारापानीका किरण थापालाई सम्मान गरिएको हो ।

 

मुख्यमन्त्री पाण्डे , प्रतिनिधिसभा सदस्य सांसद खमबहादुर गर्बुजा ‘खम्बिर’गण्डकी प्रदेशका भौतिक पुर्वाधार तथा यातायात व्यवस्था मन्त्री रेशम जुग्जाली ,प्रदेशसभाका सदस्यहरू हरि भण्डारी, विमला गौचन र नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष विकास मानन्धर लगायत जेसीजका पदाधिकारीहरूले लगायतले जनही नगद ६ हजार रुपियाँ ,सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो । अतिथिहरूलाई अल्लोको धागोबाट बुनेका झोला, बेनीको बजारको गीत लेखिएको रुमाल र पवित्र कालीगण्डकी नदीमा पाइने शालिग्राम मायाको चिनोको रूपमा प्रदान गरिने भएको छ । उद्घाटनको पुर्वसन्ध्यामा पुख्र्यौली हनुमान नाच, जातीय नृत्य ,बाजागाजा र झाँकी सहितको ¥यालीले बेनी बजार परिक्रममा गरिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार