एमाले गण्डकी प्रदेश अध्यक्षमा म्याग्दीका शर्मा विजयी

  म्याग्दी न्युज संवाददाता

पोखरा । नेकपा एमाले गण्डकी प्रदेश अध्यक्षमा म्याग्दीका नवराज शर्मा निर्वाचित हुनुभएको छ । प्रथम अधिवेशनबाट
अध्यक्षका अर्का प्रत्यासी लमजुङका मायानाथ अधिकारीलाई पराजित गर्दै नवराज अध्यक्ष निर्वाचित हुनुभएको हो । जिल्लाको मालिका गाउँपालिका -७,बिमका नवराजले ५ सय ३१ र अधिकारीले ३ सय ६५ मत प्राप्त गर्नुभयो ।बिहीबार भएको मतदानमा जम्मा ८ सय ९६ मत खसेको थियो ।

उपाध्यक्षमा नवराज प्यानलकै स्याङ्जाका मिनप्रसाद गुरुङ विजयी हुनुभएको छ । गुरुङले ५ सय ३४ र उहाँका प्रत्यासी नवलपुरका बाबुराम विश्वकर्माले ३ सय ६२ मत प्राप्त गर्नुभयो । सचिवमा लमजुङका धनज्वय दवाडीले ५ सय २० मत लिएर विजयी हुनुभयो । सचिवका अर्का उम्मेदवार कास्कीका रश्मि आचार्यले ३ सय ६७ मत प्राप्त गर्नुभएको छ ।

उपसचिवमा कास्कीका दामबहादुर विकले ४ सय ९९ मत लिएर निर्वाचित हुँदा उहाँका प्रत्यासी म्याग्दीका सन्तोष रावलले ३ सय ९७ मत ल्याउनुभयो ।उपसचिव महिलातर्फ पर्वतकी मन्जु अधिकारीले ५ सय ३१ मत लिएर विजयी हुँदा कास्कीकी मिना गुरुङले ३ सय ६५ मत ल्याउनुभयो ।३३ वटा विद्युतिय मेसिनमार्फत मतदान भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार