खेल क्षेत्रको विकासका लागि सक्दाे पहल गर्छु : सांसद गर्बुजा (तस्बिरहरु)

  म्याग्दी न्युज संवाददाता

दरबाङ । प्रतिनिधिसभा सदस्य सांसद खमबहादुर गर्बुजा ‘खम्बिर’ले खेलक्षेत्रको विकासका लागि आफुले पहल गर्ने बताउनुभएको छ । शनिबार मालिका गाउँपालिका–१,निस्कोटमा  संचालित विविध खेलकुद ,सांस्कृतिक मेलालाई सम्बोधन गर्दै सांसद गर्बुजाले यस्तो बताउनुभएको हो । ‘खेलकुद क्षेत्रमा खेलमैदान लगायत पुर्वाधार निर्माण ,विकास र प्रवद्र्धनका लागि स्थानीय ,प्रदेश र संघीय सरकार बिच समन्वय एवं सहकार्य गरेर अगाडि बढ्न आवश्यक छ ,’ सांसद गर्बुृजाले भन्नुभयो ।

उहाँले गाउँ–गाउँमा सञ्चालित खेलकुद प्रतियोगिताले खेल क्षेत्रको प्रवद्र्धन,संस्कृतिको जगेर्ना र खेल प्रतिभाको पहिचानमा मदत पुगेको बताउँदै प्रतियोगितालाई थप स्तरीय र व्यवस्थित बनाउँदै लैजानुपर्नेमा जोड दिनुभयो । फरक प्रसंगमा निस्कोटमा रहेको सुकुम्वासी समस्या समाधानका लागि आफुले सहयोग गर्ने बताउँनुभयो ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष बेगप्रसाद गर्बुजाले खेल प्रतियोगिताले खेल प्रतिभाको पहिचान र खेल क्षेत्रको प्रवद्र्धनमा सहयोग पुगेको बताउँदै गाउँपालिकाले खेलक्षेत्रको विकासका लागि सहयोग गर्ने बताउनुभयो । उहाँले बजेट प्रर्याप्त नहुँदा ठुला पुर्वाधार निर्माण गर्न नसकिएको बताउनुभयो । कार्यक्रममा नेपाली कांग्रेस म्याग्दीका उपसभापति हरिकुमार श्रेष्ठले खेलप्रतियोगितालाई शान्तिपुर्ण ,मर्यादित
रुपमा सम्पन्न गर्न शुभकामना व्यक्त गर्दै खेलक्षेत्रको विकास र खेलाडीलाई प्रोत्साहनका लागि सरकारले ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

क्लब अध्यक्ष नरेश पुन मगरले मौलिक कला संस्कृतिको जगेर्ना ,खेलप्रतिभाको पहिचान र खेलकुदको प्रवद्र्धन गर्ने उद्धेश्यले मेला संचालन गरिएको बताउँनुभयो । उहाँले पुर्वाधार निर्माणको लािग सहयोग गर्न गाउँपालिका र संघिय सरकारलाई आग्रह गर्नुभयो । कमल सापकोटाले संचालन गर्नुभएको कार्यक्रममा क्लब सचिव पुकार घर्तीले स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा आर्थिक सहयोग गर्ने चन्दादाताहरुलाई सम्मान गरिएका् थियो । क्लब सचिव घर्तीका अनुसार ,आगामी ६ गते सम्म सञ्चालन हुने मेलामा पुरुष फाइभ ए साइड फुटसल ,पुरुष र महिला भलिबल ,तारो खेल लगायत प्रतियोगिताहरु संचालन भएका छन् ।साथै सोही अवसरमा वडा कार्यालयले पञ्चेबाजा समुहलाई ६० हजार हजार रुपैयाँ बराबरको आवश्यक सामग्री सहयोग गरेको छ । कार्यक्रममा मालिका गाउँपािलकाका निवर्तमान अध्यक्ष श्रीप्रसाद रोका मगर ,वडा अध्यक्ष टंकप्रसाद पुन ,कांग्रेस जिल्ला सहसचिव श्रीराम पौड्याल ,जनप्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार