बेलढुङ्गाबाट सुर्योदय नियाल्दा (फोटोफिचर)

  साधन राम्जाली/धनिलाल गर्बुजा

म्याग्दी । बेलढुङ्गा सुन्दर पर्यटकीय स्थल हो । म्याग्दीको बेनी नगरपालिका–३,र बागलुङको काठेखोला गाउँपालिका–३,को सिमानामा अवस्थित बेलढुङ्गा पछिल्लो समय पर्यटकको रोजाइमा परेको छ । बेलढुङ्गा समुन्द्री सतहदेखि दुई हजार ६ सय १४ मिटर उचाइमा अवस्थित छ । मुसुङ गाउँ र ओखलेको धुरीमा रहेको बेलढुङ्गाबाट आँखै अगाडी सेता हिमाल र विहान सूर्योदयको सुन्दर दृश्यवलोकन गर्न सकिन्छ । विशेष गरी हिउँदको समयमा यहाँ सुर्याेदयको मनोरम दृश्य हेर्न बेलढुङ्गा पर्यटक पुग्ने गर्दछन् ।

बेलढुङ्गा पुग्न चिटिक्कको दुई सय ६० मिटर लामो ढुङ्गा विच्छ्याएर पदमार्ग निर्माण गरिएको छ। स्थानीय तह र स्थानीयबासीले पुर्वाधार निर्माण गरेपछि पर्यटकलाई सहज भएको छ । यहाँबाट पूर्वी रुकुममा पर्ने चुरेन धौलागिरि,मानापाथी,निलगिरि,अन्नपूर्ण,बराह शिखर,तिलिचो पिक,माछापुच्छ«े,गंगापूर्ण,लमजुङ हिमाल र मनास्लु  हिमाल लगायत एकदर्जन भन्दा बढी हिमालहरु अवलोकन गर्न सकिन्छ । साथै म्याग्दीका सबै पालिका,पर्वतको जलजला,कास्की , बागलुङ ,गुल्मी लगायतका रमणीय ग्रामिण वस्तीहरु यहाँबाट देख्न सकिन्छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार