रघुगंगा गाउँपालिकामा चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन(फोटोफिचर)

  म्याग्दी न्युज संवाददाता

बेनी । म्याग्दीको रघुगंगा गाउँपालिका–५ झिँमा गाउँपालिका स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ । गाउँपालिकाभित्रका विभिन्न ११ वटा विद्यालयले सहभागीता जनाएको प्रतियोगिताको प्रतिनिधिसभा सदस्य खमवीर गर्वुजाले उद्घाटन गर्नुभएको छ ।प्रतियोगिताको उद्घाटन गर्दै प्रतिनिधिसभा सदस्य गर्वुजाले खेलक्षेत्रको विकास र नयाँ प्रतिभाको पहिचान गर्न प्रतियोगिताले सहयोग पुग्ने बताउनुभयो ।

उहाँले विद्यार्थीलाई अनुशासीत बनाउन समेत खेलकुदले सिकाउने बताउँदै खेलाडीहरुले समाज, राष्ट्रका लागि योगदान गर्न सक्ने भएकाले विद्यार्थी उमेरदेखि नै खेलकुदमा सक्रिय हुन आग्रह गर्नुभयो । स्थानीय, प्रदेश र संघीय सरकारले खेलकुद क्षेत्रलाई प्राथमिकतामा राखेको बताउँदै उहाँले विद्यार्थीहरुलाई गलत बाटोमा जानबाट रोक्न खेलकुदले रचनात्मक भुमिका खेल्ने बताउनुभयो ।

भलिबल र एथलेटिक्स विद्यातर्फ छात्र र छात्राहरुको १३÷१३ इभेन्टमा प्रतियोगिता सञ्चालन गरिएको छ । प्रतियोगितामा बिजेता विद्यालयलाई नगद रु ५० हजारको साथमा रनिङ शिल्ड, ट्रफि, मेडल र प्रमाणपत्रद्धारा पुरस्कृत गरिने गाउँपालिकाका शिक्षा अधिकृत कृष्णप्रसाद सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार, दोस्रो र तेस्रो हुने विद्यालयलाई क्रमश नगद रु ३० हजार र २० हजारको साथमा ट्रफि, मेडल र प्रमाणपत्रद्धार पुरस्कृत गरिनेछ ।

????????????????????????????????????
????????????????????????????????????
????????????????????????????????????
????????????????????????????????????
????????????????????????????????????

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार