म्याग्दी र कालीगण्डकी नदीमा दुई जनाको शव फेला

  म्याग्दी न्युज संवाददाता

म्याग्दी । म्याग्दी र कालिगण्डकी नदीमा दुई जनाको शव फेला परेको छ । पुस ३ गते विहानदेखि सम्पर्क विहिन हुनुभएकी धवलागिरि गाउँपालिका–७,हिलापोखरीकी ७६ बर्षिया मनकुमारी पुन म्याग्दी नदीमा मृत अवस्थामा फेला पर्नुभएको हो । विहिवार दिउँसो खोर्बाङ स्थित म्याग्दी नदीमा पुनको शब फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सम्पर्कविहिन भएपछि घरपरिवार, स्थानीयबासी र प्रहरीले खोजी गर्ने क्रममा नदीमा पुनले लगाएको कपडा फेला परेपछि म्याग्दी नदीमा खोजीकार्य गर्दा शव फेला परेको थियो । बुधवार नै म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३,दाना घर भई वडा नम्बर २ भुरुङतातोपानीमा बस्दै आउनुभएका अन्दाजी ३१ वर्षिय सुजन घर्ती कालीगण्डकी नदीको खोँचमा मृत अवस्थामा फेला पर्नुभएको छ । पुस २ गते भुरुङतातोपानीबाट पोखरेबगर तर्फ बाईकमा जाँदै गरेको घर्ती मोटरसाइकल सहित कालीगण्डकी नदीमा खस्दा वेपत्ता हुनुभएको थियो ।

आफ्नो भाईलाई लिन पोखरेबगरतर्फ गएपनि सम्पर्कमा नआएपछि शशस्त्र प्रहरी बल आश्रित गुल्म गलेश्वरबाट खटिएको गोताखोर सहितको टोली, नेपाल प्रहरी घरपरिवार, आफन्तले कालीगण्डकी नदी किनारमा खोजी गर्न थालेका थिए । जिल्ला प्रहरी कार्यालय म्याग्दीका सुचना अनधिकारी अशोक झाका अनुसार ,शशस्त्रको खोताखोर टोल र नेपाल प्रहरीको संयुक्त टोलीले नौनिबगर स्थित कालीगण्डकी नदीको खोचमा घर्तिको शब फेला पारेको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार