बेनीमा पुस २९देखि माघ २ गतेसम्म माघे संक्रान्ति मेला संचालन हँदै

  म्याग्दी न्युज संवाददाता

म्याग्दी । म्याग्दी सदरमुकाम बेनीमा आगामी पुस २९ गतेदेखि माघ २ गतेसम्म माघे संक्रान्ति मेला संचालन हुने भएको छ । म्याग्दी उद्योग वाणिज्य संघ अन्तर्गत महिला उद्यम विकास समितिको आयोजनामा मौलिक कला ,संस्कृतिकाे जगेर्ना  ,स्थानीय उत्पादन र  पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले आगामी पुस २९ गतेदेखि २ गतेसम्म मेला संचालन हुने भएको हो ।
विहिबार आयोजित पत्रकार सम्मेनमा महिला उद्यम विकास समिति म्याग्दीकी सभापति अम्बिका श्रेष्ठले मेलामा खुल्ला नृत्य ,आमा एकल लोक नृत्य ,खुल्ला अन्धनिसान ,लठो तान्ने र छेलो लगायत प्रतियोगिता संचालन हुने जानकारी गराउनुभयो । उहाँका अनुसार ,खुल्ला नृत्य प्रतियोगितामा प्रथम,द्धितिय र तृतिय पुरस्कार क्रमश २० हजार ,१० हजार र ५ हजार रुपैयाँ  तथा आमा एकल लोकनृत्य प्रतियोगितामा प्रथम ,द्धितिय र तृतिय हुनेले  क्रमश ः १० हजार ,६ हजार र  तीन हजार रुपैयाँ नगद र प्रमाणपत्र  लगायत पुरस्कार प्राप्त गर्नेछन् ।
 मेला अवधिभर मेलामा स्थानीय, रैथाने कृषिसँग सम्बन्धित उत्पादनका प्रदर्शनी स्थल पनि राखिने भएको छ । साथै मेलामा महिला उद्यमीहरुलाई सम्मान गरिने भएको छ । मेलालाई सफल बनाउन २२ वटा उपसमिति समेत गठन गरिएको समितिकी निवर्तमान सभापति लक्ष्मी भण्डारी कार्कीले बताउनुभयो ।म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवालले मेलालाई सफल बनाउनका लागि सहयोग गर्न सबैलाई आह्वान गर्नुभयो । गायक प्रकाश दुतराज ,गायीका रचना रिमाल लगायत कलाकारको प्रस्तुती रहने आयोजकले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार