गांम्फा युवा क्लबको वार्षिकोत्सव मेला तथा विविध सांस्कृतिक कार्यक्रम सम्पन्न

  म्याग्दी न्युज संवाददाता

बेनी। म्याग्दीको मंगला गाउँपालिका–४,बुकेनी स्थित गांम्फा युवा क्लबको आयोजना र बुकेनी आमा समुहको सहआयोजनामा संचालित क्लबको वार्षिकोत्सव मेला तथा विविध सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार सम्पन्न प्रतियोगिताको पुरुष भलिबलतर्फ गाउँपालिकाको वडा नम्बर ५ स्थित पोक प्रथम भएको छ भने आयोजक द्धितिय हुन सफल भएको छ ।प्रथम र द्धितिय भएका पोक र आयोजकले क्रमशः ६० हजार र ३५ हजार नगद सहित ट्रफी,मेडल र प्रमाणपत्र हात पारेका छन् ।

याे पनि पढ्नुहाेस् ।

समाज परिवर्तनमा युवाहरुको भुमिका महत्वपुर्ण : सांसद गर्बुजा(तस्बिरहरु)

यसैगरी प्रौढ भलिबल खेलमा आरबाङ प्रथम र आयोजक द्धितिय भएका छन् । प्रथम भएको आरबाङले ४० हजार रुपैयाँ नगद सहित ट्रफी,मेडल र प्रमाणपत्र हात पारेको क्लब अध्यक्ष अमिन रोकाले जानकारी दिनुभयो । द्धितिय भएको आयोजकले २५ हजार रुपैयाँ नगद सहित ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।पुस २६ गतेदेखि सुरु भएको प्रतियोगितामा पुरुषभलिबल तर्फ १३ र प्रौढतर्फ ८ टिमको सहभागिता रहेको थियो । त्यसैगरी नृत्यतर्फ सिन्धु मगर प्रथम,आकृति गर्बुजा द्धितिय,रन्जु र अस्मु रोकाको समुह तृतिय तथा उदय सांस्कृतिक संघ बागलुङका प्रशंसा पुन र टेकबहादुर थापाको समुहले सान्त्वना स्थान हासिल गर्न सफल भयो । विजेता ,उपविजेता ,तेस्रो र सान्त्वना हुने प्रतियोगिलाई नगद सहित पुरस्कृत गरिएको थियो । क्लब अध्यक्ष रोका लगायतले पुरस्कार वितरण गर्नुभएको थियो ।

क्लब अध्यक्ष रोकाले खेलकुद क्षेत्रको विकास ,प्रवद्र्धन र प्रतिभा पहिचान तथा संस्कृतिको जगेर्ना गर्ने उद्धेश्यले मेला संचालन गरिएको बताउनुभयो । साथै उहाँले मेलालाई सम्पन्न गर्न सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गर्नुभयो ।कार्यक्रममा खेलमैदान निर्माणमा सहयोग पु¥याउने सहयोगीदाताहरुलाई सम्मान गरिएको थियो। मेलामा सोमबार चर्चित गायक खड्क गर्बुजा र गायीका सुशिला विश्वकर्माले सांगितीक प्रस्तुती दिनुभएको थियो । यसैगरी कलाकार पविता पुनले नृत्य प्रस्तुत गर्नुभएको थियो । स्थानीय कलाधर कँडेलले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार