वर्तमान सरकार इतिहासकै नालायक र असक्षम : महासचिव पोखरेल

  म्याग्दी न्युज संवाददाता

बेनी । नेकपा एमालेका केन्द्रिय महासचिव शंकर पोखरेलले वर्तमान सरकार इतिहासकै असक्षम र नालायक भएको बताउनुभएको छ । शुक्रबार एमाले म्याग्दीको दशौं जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै महासचिव पोखरेलले वर्तमान गडबन्धनको सरकार इतिहासकै असक्षम र नालायक भएको बताउनुभएको हो । वर्तमान सकार असक्षम र नालायक भएकै कारण राष्ट्रिय स्वाधिनता र स्वाभिमान अन्तर्राष्ट्रिय स्तरमा कमजोर हुँदै गएको छ ,राष्ट्रिय हित र सार्वभौमिकता जोगाउन चुनौती थपिएको छ’,उहाँले भन्नुभयो ‘ मुलुकलाई चरम संकटबाट बाहिर निकाल्न पनि एमालेको नेतृत्व आवश्यक छ ।’

यसैगरी महासचिव पोखरेलले सरकारलाई दवाव दिन आन्दोलनको तयारी गर्न कार्यकर्तालाई सुझाउनुभयो। नयाँ शक्तिका नाममा छाडातन्त्र र अराजकताले समाजलाई सही बाटोमा डो¥याउन नसक्ने बताउनुभयो । ‘सामाजिक सञ्जालको पपुलरिजमले जनताको समस्या र आवश्यकता बुझ्न सक्दैन भन्ने सन्देश जनतामा लैजानुपर्छ,’ उहाँले भन्नुभयो ‘राजनीतिक अस्थिरिता र सामाजिक अराजकतानै विकास र सम्बृद्धिको बाधक हो ।’

हालै सञ्चालन गरिएको पुर्व–पश्चिम जोड्ने मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान मार्फत पहिचान भएका समस्या र सम्भावनाको विषयलाई राजनीतिक मुद्दा बनाउने पोखरेलले बताउनुभयो।‘पहाडबाट बसाईसराई रोकेर अवसरको सिर्जना गराउनका लागि सरकारलाई सुझाव दिएका छौं,’ उहाँले भन्नुभयो ‘नेपालको मध्य पहाडलाई सम्बृद्धिको आधारशीलाको रुपमा स्थापित गर्न सकिने विश्वास र मान्यता बनाएका छौं।’

निर्माण भएका अन्तराष्ट्रिय विमानस्थल सञ्चालन, राज्यलाई कमजोर बनाउने गतीतिबि नियन्त्रण, उत्तरदक्षिण र पुर्वपश्चिम जोड्ने लोकमार्ग, आधारभूत अस्पताल निर्माण सम्बन्धी दुरगामी योजनालाई महत्व दिदै लगानी र सुरक्षाको वातावरण बनाएर युवा पलायन घटाउन नीति लिन सरकारसँग माग गर्नुभयो ।जनताको आशा र अपेक्षाअनुसार सरकारले काम गर्न नसकेको उहाँले चर्चा गर्नुभयो । ‘गठबन्धन सरकार असफल भइसकेको छ । जनताको आशा र अपेक्षाअनुसार काम नगरेका कारण लोकतन्त्रमाथि नै अनेक शक्तिहरूले षडयन्त्र गर्न थालेका छन्’,उहाँले थप्नुभयो ।

जनतामा आशा जगाउदै उनिहरुको समस्या पहिचान र सम्बोधन गराउदै आगामी चुनावमा एकल बहुमत प्राप्त हुने गरि संगठन निर्माणमा परिचालन हुन नेता कार्यकर्ताहरुलाई पोखरेलले निर्देशन दिनुभयो । सामाजिक न्याय, सुरक्षा र लोककल्याणकारी समतामुलक राज्य अहिलेको आवश्यकता भएको बताउदै एमालेमा शुद्धिकरणसँगै संगठन सुदृढीकरणमा जोड दिएको महासचिव पोखरेलले बताउनुभयो ।दुई दिनसम्म चल्ने अधिवेशनबाट जिल्ला कमिटिको नयाँ नेतृत्व चयन हुनेछ् । अधिवेशनमा वडागत, जनसंगठन, जिल्ला कमिटिका पदाधीकारी र सदस्य सहित ४१९ जना प्रतिनिधिले भाग लिएका एमाले म्याग्दीका अध्यक्ष देवेन्द्र कटुवालले बताउनुभयो ।

अधिवेशनको उद्घाटन अघि बेनी बजारमा नेकपा एमालेका नेता कार्यकर्ताहरुले ¥याली गरेका थिए । एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, गण्डकी प्रदेश ईञ्चार्ज गोकर्ण विष्ट, केन्द्रिय सचिव पद्यमा अर्याल, गण्डकी प्रदेश अध्यक्ष नवराज शर्मा, नेता खगराज अधिकारी, थममाया थापा लगायतका नेताहरुले सम्बोधन गर्नुभएको थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार