अस्ट्रेलियामा सांस्कृतिक साँझ कार्यक्रमबाट संकलित दुई लाख बढी गलेश्वर जेष्ठ नागरिक आश्रमलाई सहयोग

  धनिलाल गर्बुजा

गलेश्वर । म्याग्दीको बेनी नगरपालिका–९,गलेश्वर स्थित प्रशिद्ध धार्मिकस्थल गलेश्वरधाम जेष्ठ नागरिक आश्रममा रहेका बृद्धबृद्धालाई नगद सहित न्याँनो फाईबर सिरक सहयाेग गरिएकाे छ। शनिबार चेक मेक इभेन्ट न्यू क्यासल नेपाली साँकृतिक साँझ अस्ट्रेलियाको आयोजनामा संचालित कार्यक्रमबाटसंकलित  दुई लाख नौ हजार रकमबाट ५० थान न्याँनो फाइवर सिरक सहित ७७ हजार सात सय ७७ रुपैयाँको चेक हस्तान्तरण गरिएकाे हाे  । अशोक श्रेष्ठ, आकाश श्रेष्ठ र कुमार तामाङ लगायतकाे अगुवाइमा उक्त साँकृतिक साँझ  कार्यक्रम संचालन गरिएकाे थियाे ।

उक्त सामाग्री सहयोगदाताका आफन्त बेनी नगरगरपालिका–९ घटानका प्रकाश श्रेष्ठ र नविनकुमार श्रेष्ठले गलेश्वर जेष्ठनागरिक आश्रम व्यवस्थापन समितिका अध्यक्ष बमबहादुर पुन सहित आश्रमका पदाधिकारीलाई हस्तान्तरण गर्नु भएको थियो । सोही अवसरमा उपस्थित बृद्धबृद्धालाई जनही २०५ रुपैयाँ नगद सहित प्रतिव्यक्ति एक/एक थान न्यानो फाईवर सिरक, फलफुल र फ्रुटि समेत बितरण गरिएकाे श्रेष्ठले बताउनुभयो ।

सहयोग सामाग्री ग्रहण गर्दै आश्रमका अध्यक्ष पुनले घरपरिवार छोडेर आश्रममा बस्नुपर्ने बाध्यतालाई बुझेर बिदेशी भुमिमा रहेरपनि आफ्नो छाक कताएर सहयोग गर्नुभएकोमा धन्यवाद दिदै प्राप्त सामाग्री सहिसदुपयोग गर्न आग्रह गर्नुभयो ।
गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मी, बेनी नगरपालिका–९ का वडा अध्यक्ष चक्र बहादुर केसीले सन्तानबाट तिरस्कृत भएका तथा बेसाहरा आश्रममा रहेका वृद्धवृद्धासँगै मन्दिरको दर्शन गर्न आएका भक्तजनलाई समेत आवश्यक परेमा निःशुल्क भोजनको सुविधा रहेको बताउँदै सामाजिक सङ्घसंस्थाबाट प्राप्त सहयोगले सहज भएको बताउनुभयो ।

कार्यक्रम आश्रमका अध्यक्ष पुनको अध्यक्षता, कोषाध्यक्ष गौमायाँ गर्बुजाको स्वागत र सचिव लक्षुमन चालिसेको सञ्चालनमा सम्पन्न भएकोथियो । आश्रममा म्याग्दीका साथै देशका विभिन्न जिल्लाबाट आएका करीब ५० वृद्धवृद्धाले आश्रय लिएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार