विद्यालय व्यवस्थापन समितिका पदाधिकारीलाई नेतृत्व विकास तालिम

  धनिलाल गर्बुजा

मौवाफाँट । “समृद्ध रघुगंगा, सुखी रघुगंगाबासी” भन्ने नारासहित सामुदायिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरुको क्षमता विकास तालिम मंगलवार सम्पन्न भएको छ । रघुगंगा गाउँपालिकाको आयोजनामा पालिका भित्रका विद्यालय व्यवस्थापन तथा नेतृत्व विकास सम्बन्धी २ दिने तालिम सम्पन्न भएको हो ।

तालिमको उद्घाटन गर्दै गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले तालिममा सिकेका आफ्नो सीप विद्यालयमा लागू गर्न अनुरोध गर्नुभयो । “शिक्षामा गुणस्तर खोज्न प्राइभेट विद्यालय हैन सामुदायिक बिद्यालय जाने वातावरण बनाउन पर्छ” उहाँले भन्नुभयो । पालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्णप्रसाद ढकालले तालिमवाट सहभागीहरुले विद्यालय ब्यवस्थापनको सैद्धान्तिक, कानुनी र प्राविधिक विषयको पाटोलाइ यो प्रशिक्षणले थप टेवा पु¥याउने आशा लिएको व्यक्त गर्नुभयो ।

गाउँपालिका भित्रका वडा नम्बर १ देखि ८ सम्माका सामुदायिक बिद्यालय, माध्यामिक विद्यालय र आधारभुत विद्यालयका ३३ विद्यालय मध्य बिभिन्न ३१ विद्यालयका व्यवस्थापन समिति पदाधिकारीहरु सहभागी रहेको तालिमलाई गाउँपालिकाका शिक्षा अधिकृत कृष्णप्रसाद सुवेदीले सहजिकण गर्नुभएको थियो ।

तालिममा सकारात्मक अभिभावकत्व र आवश्यकता, बालबालिका सित गर्ने व्यवहार, नेतृत्व विकास, विद्यालय व्यवस्थापन समितिको काम कर्तव्य र अधिकार, शिक्षक विद्यार्थी र अभिभावकको आचारसंहिता, उत्प्रेरणा, समय व्यवस्थापन, आचारसंहिता निर्माण तथा कार्ययोजना निर्माण लगाएतका विषयबस्तुमा छलफल, अन्तरक्रिया भएको थियो ।

कार्यक्रममा गाउँपालिका उपप्रमुख प्रेमकुमारी पुन, वडा नम्वर ५ का वडा अध्यक्ष मनबहादुर सेरपन्जा, सहभागीको तर्फबाट देउराली अधरभुत विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष सोमबहादुर भण्डारी लगायतले मन्तव्य राख्नुभएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार