नेपाल शिक्षक संघ रघुगंगाको चौथो प्रतिनिधिसभा

  म्याग्दी न्युज संवाददाता

बेनी । नेपाल शिक्षक संघ रघुगंगा गाउँपालिका कार्यसमितिको चौथो प्रतिनिधि सभा सम्पन्न भएको छ ।पालिकाको वडा नम्बर ६ स्थित पाखापानीमा सम्पन्न भएको चौथौ प्रतिनिधि सभाको उद्घाटन गर्दै रघुगंगा गाउँपालिका अध्यक्ष भव बहादुर भण्डारीले शैक्षिक क्षेत्रको विकासका लागि पालिकाले पहिलो प्राथमिकता राखेर काम गरेको बताउँदै समाज निर्माणमा शिक्षकहरुको महत्वपूर्ण भुमिका हुने बताउनुभयो ।पछिल्लो समय सरकारी विद्यालयमा विद्यार्थीको संख्या घट्दै गएकोमा सबैले सोच्न आवश्यक रहेको बताउनुभयो ।

त्यस्तै गाउँपालिका उपाध्यक्ष प्रेमकुमारी पुनले विद्यालयको गुणस्तर सुधारमा शिक्षकहरुको महत्वपूर्ण भुमिका रहने बताउनुभयो। कार्यक्रममा गाउँपालिकाका सामाजिक विकास समिति संयोजक तथा वडा नम्बर ६का अध्यक्ष मनकुमार शेरपुञ्जा र नेपाल शिक्षक संघ संघिय कार्यसमिति सदस्य कल्याण सुबेदी, निवर्तमान अध्यक्ष युकुमार गर्बुजा, जिल्ला उपाध्यक्ष चन्द्र्मान छन्त्याल लगायतले बोल्नुभएको रघुगंगा कार्यसमितिका सचिव बिष्णु प्रसाद रेग्मीले बताउनुभयो ।

शिक्षक संघ रघुगंगा गाउँपालिका अध्यक्ष गुन मुनको अध्यक्षतामा भएको कार्यक्रममा रघगंगा कार्यसमितिका सह सचिव प्रेम थापाले प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । उक्त कार्यक्रममा आठ जना स्थायी र १५ जना नयाँ शिक्षकहरुलाई स्वागत तथा सम्मान गरिएको रेग्मीले जानकारी दिनुभयो । विभिन्न विद्यालयका शिक्षहरुबाट सांङ्गितिक प्रस्तुति रहेको कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष रमा पौडेल गर्नुभएको थियो भने कार्यक्रम संचालन सचिव विष्णु प्रसाद रेग्मी गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार