छिमेक लघुवित्तद्धारा आयोजित आधारभुत च्याउ खेती तालिम सम्पन्न

  म्याग्दी न्युज संवाददाता

बेनी । पर्वतको जलजला गाउँपालिका–६, दिपमा तीन दिने आधारभुत च्याउ खेती तालिम सम्पन्न भएको छ । छिमेक लघुवित्त वित्तिय संस्था लिमिटेड शाखाका कार्यालय जलजलाद्धारा आयोजित तीन दिने आधारभुत च्याउ  खेती तालिम शनिबार सम्पन्न भएको हो । तालिम फागुन ३ गतेदेखि सुरु भएको थियो । तालिममा बित्तिय संस्थाका ग्राहक सदस्य तथा अभिभावक गरी ३५जनाको सहभागी रहेको कार्यक्रम संयोजक एवं संस्थाका शाखा प्रबन्धक लक्ष्मण पाठकले जानकारी दिनुभयो ।

शाखा प्रवन्धक तथा तालिम संयोजक पाठकले सहजिकरण गर्नुभएको तालिममा जलजला गाउँपालिकाका नायब प्राबिधिक सहायक जिवन लामाले सहभागीलाई प्रशिक्षण गराउनुभएको थियो । छिमेक लघुबित्त बित्तिय संस्थाले सात वटै प्रदेशमा तालिम विभाग गठन गरेर बित्तिय संस्थाको ग्राहक सदस्य तथा अभिभावकहरुका लागि सिपमुलक तालिम संचालन गरिरहेको छ ।

अहिलेसम्म छिमेक लघुबित्त बित्तिय संस्था लिमिटेडले ६९ वटा जिल्लामा १९७ शाखा मार्फत कुल सदस्य ४१५६७३ जनालाई बित्तिय सेवा प्रदान गरेको छ ।चालु आर्थिक वर्षको पुस मसान्तसम्म कुल बचत ३१ अर्ब ८८ करोड ८९ लाख ६७ हजार ८ सय २१ रहेको संस्थाले ३३ अर्ब ७२ करोड ४५ लाख ८ हजार ८ सय ९७ रुपैयाँ ऋण लगानी गरेको छ । भने ऋणी सदस्य संख्या २,०५,३५६ रहेका छन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार