मुक्तिधाम माविमा नेपाल लघुवित्त बैंकर्स संघको वित्तिय साक्षरता कार्यक्रम(तस्बिरहरु)

  म्याग्दी न्युज संवाददाता

बेनी । म्याग्दीको रघुगंगा गाउँपालिका–२,स्थित मुक्तिधाम माविमा वित्रिय साक्षरता कार्यक्रम सम्पन्न भएको छ । नेपाल लघुवित्त बैंकर्स संघ म्याग्दीको आयोजनामा सम्पन्न भएको हो । कार्यक्रममा वडा अध्यक्ष अमृत भण्डारीले विद्यार्थीलाई वित्तिय सम्बन्धी जानकारी आवश्यक हुने बताउनुभयो । विद्यालय स्तरमा विद्यार्थीलाई वित्तिय कारोबार सम्बन्धी बुझ्न कार्यक्रमले सघाउ पुग्नेमा विश्वास व्यक्त गर्नुभयो । समापन कार्यक्रममा विद्यालय व्यवस्थापन समिति अध्यक्ष लक्ष्मी प्रसाद सुवेदी,प्रअ टेकबहादुर केसी ,नेपाल लघुवित्त बैंकर्स संघका अध्यक्ष अध्यक्ष लक्ष्मण पाठक लगायतले बोल्नुभएको थियो ।

कार्यक्रममा ४४ जना विद्यार्थीको सहभागिता रहेको थियो । नेपाल लघुवित्त बैंकर्स संघबागलुङका अध्यक्ष जय बहादुर बिटालु सहित उपाध्यक्ष संगीता क्षेत्री, लक्ष्मण पाठकले कार्यक्रममा प्रशिक्षण गराउनुभएको थियो । कार्यक्रममा लघुवित्तको परिचय र वर्तमान अवस्था,वित्तीय साक्षरता ,वित्तीय लक्ष्य निमार्ण,पारिवारिक बजेट, बचत,ऋण,जोखिम विप्रेषण,वित्तीय कारोबारको डिजिटल माध्यम, कर्जा सुचना केन्द्र र असरको बारेमा जानकारी गराइएको थियो। सचिव टिकाराम रिजालले सञ्चालन गर्नुभएको कार्यक्रममा उपाध्यक्ष क्षेत्रीले स्वागत मन्तव्य राख्नुभएको थियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार