एमाले मालिका गाउँपालिका अध्यक्षमा पुन

  म्याग्दी न्युज संवाददाता

दरवाङ। नेकपा एमाले मालिका गाउँपालिका कमिटिको अध्यक्षमा दलमान पुन चयन हुनुभएको छ । विहिबार सम्पन्न दोस्रो अधिवेशनबाट पुन अध्यक्ष पदमा चयन हुनुभएको हो ।अधिवेशनले पुनको अध्यक्षतामा ३१ सदस्यीय पालिका कमिटि चयन गरेको । कमिटिको उपाध्यक्षमा सन्तनाथ सुवेदी, सचिवमा बिनोद बुढाथोकी, उपसचिवमा छरदेवी घर्ति र थमन गौतम चयन हुनुभएको छ ।अध्यक्ष पुनले गाउँपालिकामा पार्टीलाई थप सशक्त र बलियो बनाउने प्रतिबद्धता जनाउनुभयो । पार्टीको निति ,कार्यक्रम र पार्टीले गरेका राम्रा कामको बारेमा जनतासामु पु¥याउने उहाँले बताउनुभयो ।

याे पनि…

एमाले मालिका गाउँपालिका कमिटिको दोस्रो अधिवेशन (तस्बिरहरु)

अधिवेशनको उद्घाटन नेकपा एमालेका केन्द्रिय सदस्य भुपेन्द्र थापाले गर्नुभएकाे थियाे। कार्यक्रममा नेकपा एमाले म्याग्दीका अध्यक्ष बालकृष्ण सुवेदी ,एमाले गण्डकी प्रदेश कमिटी सदस्य तथा मालिका गाउँपालिकाकी पूर्व उपाध्यक्ष खरमायाँ बिटालु, एमाले म्याग्दीका उपसचिव सतप्रसाद रोका, खड्ग गिरी, जिल्ला कमिटी सदस्य बेगप्रसाद गर्बुजा, धवलागिरी गाउँपालिका कमिटीका अध्यक्ष प्रगति कार्कीले मन्तव्य राख्नु भएको थियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार