कोत्रबाङमा शिवालय मन्दिर उद्घाटन (फोटोफिचर)

  म्याग्दी न्युज संवाददाता

बेनी ।म्याग्दीको मंगला गाउँपालिका–२,कोत्रबाङमा नवनिर्मित शिवालय मन्दिरको उद्घाटन गरिएको छ । कोत्रबाङ स्थित शिवालय विशाल आमा समुहको अगुवाईमा निर्माण भएको मन्दिरको शुक्रबार शिवरात्रीकाे अवसरमा   प्रतिनिधिसभा सदस्य सांसद खमबहादुर गर्बुजा ‘खम्बिर’ले उद्घाटन गर्नुभयो ।

सोही अवरमा प्राणप्रतिष्ठा समेत गरिएको छ । भने मन्दिर निर्माणमा सहयोग गर्ने चन्दातालाई समेत सम्मान गरिएको छ । आमा समुहको अगुवाईमा समुदाय स्तरबाट मन्दिर निर्माण हुनुले धार्मिक क्षेत्रको संरक्षणमा ठुलो टेवा पुग्ने सांसद गर्बुजाले बताउनुभयो । कांग्रेस म्याग्दीका सभापति समेत रहनुभएका सांसद गर्बुजाले जिल्लाको विकास सँगै जिल्लाबासीको जीवनस्तरमा परिवर्तन ल्याउन सबै एक हुनुपर्नेमा जोड दिनुभयो ।

शिवालय मन्दिर निर्माण समितिका सदस्य चित्रबहादुर खत्रीका अनुसार मन्दिर निर्माणमा १३ लाख २७ हजार २०० रुपैयाँ खर्च भएको छ । करिब एक वर्षमा मन्दिर निर्माण सम्पन भएको हो । आमा समुहको अगुवाईमा मन्दिर निर्माणको लागि १४ लाख ५२ हजार ९८२ रुपैयाँ संकलन भएको थियो । मन्दिर निर्माण समितिका अध्यक्ष श्रीबहादुर कार्कीको अध्यक्षता ,समाजसेवी श्रीराम पौड्यालले सञ्चालन गर्नुभएको कार्यक्रममा सदस्य विरेन्द्र खड्काले स्वागत मन्तव्य राख्नुभएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार