कालीगण्डकी स्नानमार्ग उद्घाटन तथा गलेश्वर शिवालय क्षेत्र विकास कोषको कार्यकारी सभा (तस्बिरहरु)

गलेश्वरधाम जेष्ठ नागरिक आश्रमको १२ औं वार्षिक साधारणसभा

  म्याग्दी न्युज संवाददाता

गलेश्वर।म्याग्दीको बेनी नगरपालिका–९,गलेश्वर स्थित नवनिर्मित कालिगण्डकी स्नानमार्गको उद्घाटन गरिएको छ । धार्मिक स्थल गलेश्वरधामदेखि कालिगण्डकी नदीमा स्नान गर्न जान निर्माण गरिएको सडकको शनिबार गण्डकी प्रदेश सरकारका पुर्व भौतिक पुर्वाधार विकास तथा यातायात व्यवस्था  मन्त्री तथा सांसद रेशमबहादुर जुग्जालीले उद्घाटन गर्नुभयो ।

गण्डकी प्रदेश सरकार र उपभोक्ताको लागत साझेदारीमा फुटपाथ सहितको अपाङ्गमैत्री पक्की सडक निर्माण भएको हो । साथै सोही अवसरमा सांसद जुग्जालीले गलेश्वर शिवालय क्षेत्र विकास कोषको १८ औं कार्यकारी सभा तथा गलेश्वरधाम जेष्ठ नागरिक आश्रमको १२ औं वार्षिक साधारणसभाको समेत उद्घाटन गर्नुभयो । गण्डकी प्रदेश भौतिक पुर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको ४० लाख र उपभोक्ताको चार लाख २७ हजार २३९ बराबरको लागत साझेदारीमा सडक र पदमार्ग निर्माण भएको उपभोक्ता समितिका समितिका अध्यक्ष बमबहादुर पुनले जानकारी दिनुभयो ।

उहाँका अनुसार पाँच मिटर चौडाइ भएको करिब एक सय ५० मिटर लामो सडक ढलान गरिएको छ । सडकको डिलतर्फ रेलिङ र स्लेट ढुङ्गा बिछ्याएर पैदलमार्ग बनाइएको छ । साँघुरो र उकालो ग्रेड नमिलेको सडकलाई भित्ता काट्ने, पर्खाल बनाएर फराकिलो र ग्रेड मिलाइएको उहाँले बताउनुभयो कालीगण्डकी स्नान गर्ने भक्तजन, स्थानीयबासी र कालीगण्डकीमा शवदाह गर्न जाने मलामीहरुलाई सडक निर्माण भएपछि सहज भएको गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले बताउनुभयो । विस २०८१ जेठ २५ गतेभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यसहित गत पुष २५ गते सम्झौता भएको थियो ।

गलेश्वर मन्दिरदेखि राममन्दिर जोड्ने झोलुङ्गे पुल नजिकै सडक पुगेको हो। झोलुङ्गे पुलदेखि कालीगण्डकी नदीको किनारसम्म पुग्ने करिब ७० मिटर ढलान गरेको पैदलमार्ग गलेश्वर ज्येष्ठ नागरिक आश्रममा बस्ने हिदीका बमबहादुर शेरपुञ्जाले व्यक्तिगत लगानीमा बनाउनुभएको हो । पुर्व मन्त्री तथा सांसद जुग्जालीले सडक निर्माण भएपछि कालिगण्डी नदीमा स्नान गर्न जाने भक्तजनलाई सहज हुने बताउनुभयो । उहाँले धार्मिक स्थललाई पर्यटनसँग जोड्नुपर्ने बताउनुभयो । लक्ष्य अघिनै सडक निर्माण गरेर गलेश्वरका उपभोक्ताहरुले उदाहरणीय काम गरेकोमा प्रशंसा गर्नुभयो ।

गण्डकी प्रदेशसभा सदस्य बिमला गौचनले गलेश्वरलाई विश्व सम्पदा सूचिमा समावेश गर्नुपर्ने बताउनुभयो । बेनी नगरपालिकाका प्रमुख सुुरत केसी र वडा अध्यक्ष चक्र केसीले गलेश्वर बजारलाई सौन्दर्यकरण र बजार भित्र पैदलयात्रा गर्ने बनाएर स्थानीयलाई आयआर्जनसँग जोड्ने तयारी गरेको बताउनुभयो । प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाल,गलेश्वर मन्दिरका निर्माता राधाकृष्ण पराजुुलीका छोरा रमेश शर्मा,नेत्र महत ,नेपाली कांग्रेस म्याग्दीका सचिव भरत रकाल ,सभासद अमृतदेबी बानियाँ ,एमालेबाट पुर्व वडा अध्यक्ष बेलबहादुर चोखाल, गलेश्वर टोल विकास समितिका अध्यक्ष लोकेन्द्र खड्का ,पत्रकार महासंघ म्याग्दीका अध्यक्ष प्रकाश पौडेल लगायतले शुभकामना मन्तब्य व्यक्त गर्नुभएको थियो ।

कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले प्रगति, कोषाध्यक्ष कुमारी रोकाले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको कार्यक्रमको सञ्चालन कोषका सदस्य सचिव बलबहादुर खत्रीले गर्नुभएको कोषका कार्यालय सचिव रामबहादुर बानियाँले जानकारी दिनुभयो । गलेश्वरधाम जेष्ठ नागरिक आश्रमका लक्षमण चालिसले वार्षिक प्रगती प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कालीगण्डकी नदीको किनारमा नौ रोपनी क्षेत्रफलमा फैलिएको एउटै चट्टानमाथि अवस्थित गलेश्वर मन्दिर मुक्तिनाथ प्रवेशद्वारको रुपमा परिचित छ।

तस्बिर : म्याग्दी न्युजडटकम

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार